बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



सिभिल बैंकको हकप्रद शेयर लिलाममा अधिक आवेदन

Posted: 2018-05-24 20:14:21

सुनाखरी न्युज/ काठमाडौं- सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको चुक्तापूँजी ८ अर्ब पु¥याउन बुझाएको पूँजी योजना बमोजिम, २५ प्रतिशत हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्रीप्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट लि.लाई नियुक्त गरेको थियो । ...


राष्ट्रिय बाणिज्य बैंकको जेठ ३१ गते १२ औ साधारण सभा हुने

Posted: 2018-05-24 10:25:44

सुनाखरी न्युज/ काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक यहि जेठ ३१ गते विहीबार १२ औं बार्षिक साधारण सभा गर्ने भएको छ । गत बैशाख १९ गतेदेखि एनआईडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको बैंकको एकीकृत भएपश्चात भने यो पहिलो साधारण सभा हो । बैंकले साविकको एनआईडिसी डेभलपमेन्ट बैंकको कार्यालय दरबारमार्गमा दिउँसो १ बजे साधारण सभा आह्वान गरेको छ । साधारण सभामा बैंकले एनआईडिसीलाई प्राप्त गरेपश्चात बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव गरेको छ । ...


जनाता बैंकको नयाँ ५ शाखाबाट कारोवार सुभारम्भ

Posted: 2018-05-23 16:42:00

सुनाखरी न्युज/ काठमाडौं- शाखा विस्तारको निरन्तरतासँगै जनता बैंक नेपाल लिमिटेडको एकै साथ थप ५ शाखाबाट कारोवार सुरु गरिएको छ । कारोवार सुभारम्भ भएका नयाँ शाखाहरुमा गोलबजार शाखा, गोलबजार न.पा. ४, सिराहा, नौकुण्ड शाखा, नौकुण्ड गा.पा. २, रसुवा, दोरम्बा शाखा, दोरम्बा...


जहाँ बसेर पनि इन्टरनेटको सहायतले मेगा बैंकमा खाता खोल्न सकिने

Posted: 2018-05-23 13:42:27

सुनाखरी न्युज/ काठमाडौं- मेगा बैंक नेपालले स्वदेश तथा विदेशमा रहेका ग्राहकहरूलाई इन्टरनेटबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकलाई नवीनतम सुविधाहरू थप्दै जाने क्रममा मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकहरूलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको जनाएको छ । यो सुविधापछि अब नयाँ ग्राहकहरूले कार्यालयमै आएर खाता खोल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खाता खोल्न चाहने ग्राहकहरुले मेगा बैंक नेपाल लिमिटेडको आधिकारिक वेबसाइट https://www.megabanknepal.com/ मा जानुपर्नेछ । त्यहाँ अनलाइन खाता खोल्नका लागि एउटा लिंक भेटिन्छ । त्यसमा सम्पूर्ण विवरणहरु भरिसकेपछि नागरिकता वा पासपोर्ट र आफ्नो फोटो अपलोड गर्नुपर्छ । ...


नेपाल बंगलादेश बैंकको चौबिसेमा ७० औं शाखा बिस्तार...

Posted: 2018-05-23 13:22:37

सुनाखरी न्युज/ काठमाडौं- नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ७० औं शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले सोमबारदेखि धनकुटा जिल्लाको चौबिसे, राजारानीमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । सो कार्यक्रमको उद्घाटन, धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईद्वारा संयुक्त रूपमा गरिएको बैंकले जनाएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरूका बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । ...


Advertisements