बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



रोल्पाको थवाङमा जनता बैंकको नयाँ शाखा विस्तार

Posted: 2018-06-04 14:28:05

सुनाखरी न्युज/ काठमाडौं - ग्रामिण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लामा थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ ।रोल्पाको थवाङ गाउँपालिका–२, स्थित थवाङ शाखाबाट कारोवार सुरु गरिएको हो । रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो भने रोल्पामै अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेका छन् ।थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन । ...


सिटिजन्स बैंकको अनलाइन कार्ड कारोबारमा आयो नयाँ प्रविधि

Posted: 2018-06-04 09:52:26

सुनाखरी न्युज/ काठमाडौ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेटमा कार्ड मार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने आफ्ना ग्राहकहरुको लागि भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिषा कार्ड इन्टरनेसनलको भेरिफाइड बाई भिषामा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहनेछ । बैंकमा डलर खाता भएका ग्राहकहरुले बैकमा विश्वका कुनै पनि स्थानमा र नेपाली रुपैयाँमा खाता भएका ग्राहकहरुले नेपाल र भारतमा डेविट एवं क्रडिट कार्ड मार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन । ...


स्याङ्जाको अर्जुनचौपारीमा अठार वर्षपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

Posted: 2018-06-03 11:01:52

सुनाखरी न्युज/ स्याङ्जा - स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको छ । २०३९ सालमा स्थापना भएको उक्त बैंक २०५६ सालमा द्वन्द्वका समयमा त्यहाँबाट विस्थापित भई स्याङ्जा सदरमुकाम आएको थियो । १९० औँ शाखाका रुपमा बैंकको शनिबार सरकारका सूचना तथा सञ्चार प्रविधि सचिव महेन्द्रमान गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा सचिव गुरुङले बैंकले प्रदान गर्ने सेवा सुविधालाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउँदै सेवाग्राहीको मन जित्दै जानुपर्ने बताउनुभयो । ...


सानिमा बैंकको एकैसाथ चार नयाँ शाखा विस्तार

Posted: 2018-06-03 09:56:14

सुनाखरी न्युज/ काठमाडौ - सानिमा बैंक लिमिटेडले उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी ४ वटा शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ । उक्त शाखाहरुको समुद्घाटन बैंकका पूर्व संचालक डा. सुवर्ण दास श्रेष्ठ तथा ब्याण्ड प्रवद्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडि) द्वारा संयुक्त रुपमा भयो । समुद्घाटन् समारोहमा बैंकका पूर्व संचालक श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । ...


पर्साको लंगडिमा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार...

Posted: 2018-06-03 09:45:11

सुनाखरी न्युज/ काठमाडौ - एनआईसी एशिया बैंकले धोबिनी गाँउपालिका वडा नं ४ लंगडि पर्सामा स्थापित लंगडि शाखाको उद्घाटन गरेको छ । जेठ १८ गते एक समारोहका बिच धोबिनी गाँउपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मीले उक्त शाखाको विधिवत् उद्घाटन गरे । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा पनी चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ । ...


Advertisements