बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



ग्लोबल आइएमई बैंकद्धारा काभ्रे स्थित मंगल जन विजय माध्यमिक विद्यालयलाइ कम्प्यूटर सहयोग

Posted: 2018-07-01 19:07:29

सुनाखरी न्युज/ काठमाडौं- ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्लाको रोसी गाउँपालिका – ९, मंगलटार स्थित श्री मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले एक कार्यक्रमका बिच बैंकले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको हो । ...


तेह्रथुमको बसन्तपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

Posted: 2018-07-01 15:40:21

सुनाखरी न्युज/ काठमाडौं - तेह्रथुमको लालीगुराँस नगरपालिका– २ बसन्तपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना भएको छ । उक्त शाखा बैंक सञ्चालक समितिकका सदस्य रवीन्द्रलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । त्यस क्रममा श्रेष्ठले बैंकले सरकारी नीतिलाई सघाउ पुग्ने गरी अगाडि बढिरहेको बताउनुभयो । सो ...


कसरी गर्ने नोटको जतन ?

Posted: 2018-06-30 07:48:29

सुनाखरी न्युज/ काठमाडौं- हाम्रो कामको आर्थिक आम्दानी भनेको नै मुद्रा हो । नेपाल सरकारले वा नेपाल राष्ट्र बैंकले निष्काशन गरेको नोट, मोहर, रुपैयाँ, रेचकी वा पैसा नेपाली मुद्रा हुने भनी नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ को दफा २ मा उल्लेख गरेको छ । सबैले मुद्राको प्रयोग हिफाजतका साथ गर्नुपर्छ । अझ कागजी नोटलाई त बढी हिफाजतका साथ प्रयोग गर्न सकेनौं भने त्यसको आयु चाँडै नै घट्छ ।...


एनआईसी एशियाको क्षेत्रीय कार्यालय सहित १४ नयाँ शाखा उद्घाटन

Posted: 2018-06-29 10:49:38

सुनाखरी न्युज/ काठमाडौं - एनआईसी एशिया बैंकले लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत १४ नयाँ शाखाहरु र १ एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । शाखा तथा एटिएम सन्जालको आधारमा देशको सबैभन्दा ठूलो बैंक बनेको एन आई सी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत १४ विभिन्न स्थानहरुमा खोलिएका शाखाहरु तथा ...


सिटिजन्स बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल बिच सहकार्य

Posted: 2018-06-29 10:16:23

सुनाखरी न्युज/ काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल,टोखाबिच बैंककाग्राहकवर्गलाई अस्पतालको सेवाशुल्कमाविशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत वोधराज देवकोटातथा अस्पतालका तर्फबाट...


Advertisements