बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



जनता बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Posted: 2018-07-09 13:56:31

सुनाखरी न्युज/ काठमाडौं - जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले उक्त सम्झौता गरेको हो । सो सम्बन्धि सम्झौता ...


मौद्रिक नीति मस्यौदा तयार, उच्च आर्थिक वृद्धि हासिल गर्दै मुल्यबृद्धि नियन्त्रणको लक्ष्य

Posted: 2018-07-09 07:23:57

सुनाखरी न्युज/ काठमाडौं- आगामी आर्थिक बर्ष २०७५÷०७६ को बजेटमा सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिलगर्ने र मुल्यवृद्धिलाई नियन्त्रणगर्ने लक्ष्य सहितको मौद्रिक नीतिको मस्यौदा तयार भएको छ । नेपाल राष्ट्र बैंकले तयार गरेको नीतिको मस्यौदामा बजार हल्ला भएजस्तो शेयर धितोकर्जाको सिमा खासै नबढाउने र घरजग्गाको कारोबारमा थप कडाई गर्ने बिषय समेटिएको छ । ...


लक्ष्मी बैंक र लक्ष्मी केयर्सको संयुक्त आयोजनामा गढीमाई मन्दिरमा सोलार जडान

Posted: 2018-07-08 16:19:23

सुनाखरी न्युज/ काठमाडौं- लक्ष्मी बैंक लि. तथा लक्ष्मी बैंक लि. को सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ । बैंकले २० लाखको लागतमा १४ थान सोलार जडान गरी एक कार्यक्रमका बिच शनिबार हस्तनान्तरण गरेको छ । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजना सोलार हस्तनान्तरण कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्वकर्ण जैनले हस्तनान्तरण गरेका छन ।...


एनआई सी एशियाको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता

Posted: 2018-07-08 12:27:16

सुनाखरी न्युज/ काठमाडौं- एनआई सी एशिया बैंक लिमिटेडले प्रुडेन्सियलइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंककाग्राहकमहानुभावहरुले मुलुकभर फैलिएको २२५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिलइन्स्योरेन्स कम्पनीको निर्जिवनबिमापोलिसीहरु खरिदगर्न सक्नेछन् ।...


एनआई सी एशिया बैंकद्वारासोलार वत्तीहरु तथा सिसिटिभी क्यामरा हस्तान्तरण

Posted: 2018-07-08 08:03:23

सुनाखरी न्युज/ काठमाडौं- एनआई सी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवतीमन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलार वत्तीहरु तथा सिसिटिभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ । पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री गोकुल बासकोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ...


Advertisements