बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



सिटिजन्स बैंकको महानगरीय प्रहरी परिसर ललितपुर लाई आर्थिक सहयोग

Posted: 2018-07-25 10:08:43

सुनाखरी न्युज/ ललितपुर - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई रू ७२०,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गर्दै सो सहयोग गरेको हो । महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रमबीच ...


नबिल बैंकको ३४औं बार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता

Posted: 2018-07-25 07:03:21

सुनाखरी न्युज/ काठमाडौं- नबिल बैंकले आफ्नो ३४औं बार्षिकोत्सवको अवसर पारेर विभिन्न सामाजिक तथा आन्तरीक कृयाकलापहरु आयोजना गरी मनाउने क्रममा उपत्यकामा कार्यरत कर्मचारीहरु विच धन्यनतरी फुटसल मैदानमा बैंकका विभिन्न विभाग तथा शाखाहरु विच फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।...


सिभिल बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता

Posted: 2018-07-24 16:03:53

सुनाखरी नयुज/ काठमाडौं- सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे । ...


कृषि विकास बैंक लि र सिडिएसि विच निक्षेप सदस्यका लागि सम्झौता

Posted: 2018-07-24 12:46:30

सुनाखरी न्युज/ काठमाडौं - कृषि विकास बैंक लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि. बैंकका शाखाहरुमा कुनै पनि कम्पनीका शेयरधनी महानुभावहरुका लागि हितग्राही (डिम्याट) खाता खोल्न सक्ने स्वीकृती सहितको सम्झौता भएको छ । उक्त सम्झौताबाट कृषि विकास बैंक ...


लक्ष्मी बैंकको पाचँ नयाँ शाखा सोलुखुम्बु, ताप्लेजुङ्ग, सुर्खेत, रुकुम र काठमाडौंमा सन्चालन

Posted: 2018-07-24 12:39:51

सुनाखरी न्युज/ काठमाडौं - लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज सोलुखुम्बुको दुधकौसिका, ताप्लेजुङ्गको सब्लाखु र थेचम्बु गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटेमा आफ्नो ५ नयाँ शाखा संचालनमा ल्याएकोे छ । ...


Advertisements