बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



जनता बैंकको बिराटनगर र रोल्पामा दुई शाखा संचालनमा

Posted: 2018-07-31 09:50:37

सुनाखरी न्युज/ काठमाडौं - जनता बैंकले बिराटनगर र रोल्पामा दुई शाखा संचालनमा ल्याएको छ।बिराटनगर महानगरपालिका वडा नं. २ मा तीनपैनी शाखा र रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ५ मा दुइखुली शाखा संचालनमा आएका ...


लक्ष्मी बैंकको नयाँ शाखा ललितपुरको सानेपामा

Posted: 2018-07-30 16:20:28

सुनाखरी न्युज/ काठमाडौं- लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज काठमाडौं उपत्यकाभित्र आफ्नो १७औं शाखाको रुपमा ललितपुरको सानेपामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । ...


कृषि विकास बैंकको कैलाली बहुमुखी क्याम्पस परिसरमा एक्सटेन्सन काउन्टर

Posted: 2018-07-30 15:15:38

सुनाखरी न्युज/ काठमाडौं - कैलाली जिल्लाको कैलाली बहुमुखी क्याम्पसमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टर शुरु भएको छ । श्रावण ७ गतेबाट सञ्चालनमा ल्याएको कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर बैंकका प्रमुख कार्यकारी अधिकृत ...


नबिल इक्विटी फण्ड को खुद सम्पतिको मुल्य ८ दशमलव ६६ प्रति इकाई

Posted: 2018-07-30 14:37:11

सुनाखरी न्युज/ काठमाडौं - नबिल इक्विटी फण्डको खुद सम्पतिको मुल्य गत महिनाको अवधिभन्दा शुन्य दशमलव १३ प्रति इकाई घटेर ८ दशमलव ६६ प्रति इकाई रहेको छ । अघिल्लो महिनामा ८ दशमलव ७९ प्रति इकाई रहेको थियो ।नबिल इक्विटी फण्डले ६५ ...


सिटिजन्स बैंक को ७९ औँ शाखा रुकुम पूर्वको भूमेमा विस्तार

Posted: 2018-07-30 09:35:56

सुनाखरी न्युज/ रुकुम - रुकुम पूर्व भूमे गाउँपालिकामा सिटिजन्स बैंकले शाखा विस्तार गरेको छ। बैंक शाखा विस्तार गरेर बैंकमार्फत हुने दैनिक आर्थिक कारोबार संचालन गरिएको शाखा प्रबन्धक दुर्गाबहादुर डाँगीले जानकारी दिए । बैंकले ...


Advertisements