बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



जनता बैंकको इन्टरनेशनल रेमिट्यान्स सेवा शुरु

Posted: 2018-08-10 10:29:13

सुनाखरी न्युज/ काठमाडौं - जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा मार्फत बैंकले अबदेखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन । ...


महालक्ष्मी विकास बैंकबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने

Posted: 2018-08-10 10:18:54

सुनाखरी न्युजर काठमाडौं - अब महालक्ष्मी विकास बैंकबाटै प्रभु लाइफ इन्स्योरेन्सको सेवा पाइने छ । बिहीबार दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता अनुसार प्रभु इन्स्योरेन्सका ग्राहकले महालक्ष्मी विकास बैंकबाटै सम्पूर्ण बीमा सेवा पाउने भएका छन । ...


नेपाल बङ्गलादेश बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Posted: 2018-08-10 10:13:41

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बङ्गलादेश बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ ...


सेञ्चुरी कमर्सियल बैंकको एकैसाथ आठ नयाँ शाखा सञ्चालनमा

Posted: 2018-08-09 12:43:24

सुनाखरी न्युज/ काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालयहरु एकैसाथ सञ्चालनमा ल्याएको छ । बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा ...


हाम्रो विकास बैंक पनि connectIPS मा आवद्ध

Posted: 2018-08-09 11:22:35

सुनाखरी न्युज/ काठमाडौं - बैंक वित्तीय संस्थाहरुलाई connectIPS e-payment प्रणालीमा आवद्ध गराउँदै लग्ने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बुधबारबाटै कारोबार शुरु गर्ने गरि हाम्रो विकास बैंकलाई उक्त प्रणालीमा आवद्ध ...


Advertisements