बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



कैलाश विकास बैंकका तीन शाखा एकै दिन सञ्चालनमा

Posted: 2018-09-24 11:23:08

सुनाखरी न्युज/ काठमाडौँ - कैलाश विकास बैंक लिमिटेडले कंचनपुर जिल्लाको महेन्द्रनगरमा, सुर्खेत जिल्लाको विरेन्द्रनगरमा तथा सुर्खेत जिल्लाकै छिन्चुमा गरी तीन शाखाहरु स्थापना गरी आज आईतबारबाट सञ्चालनमा ल्याएको छ । ...


नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा विषेश छुट

Posted: 2018-09-24 10:57:17

सुनाखरी न्युज/ काठमाडौँ - नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ ∞ को विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पताल बिच सम्झौता भएकोे छ । ...


गुल्मीको इन्द्रगौँडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा सन्चालन

Posted: 2018-09-23 10:11:57

सुनाखरी न्युज/ काठमाडौँ - मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ ...


यस्ता छन् बैंकहरुले पछिल्लो पटक सार्वजनिक गरेका १ खर्बका शेयर कर्जा योजना

Posted: 2018-09-22 07:26:15

सुनाखरी न्युज/ काठमाडौं- शेयर बजारमा सुधारको संकेत र लगानीकर्तामा आशाको सञ्चार हुदै गर्दा केही बैंक तथा वित्तीय संस्थाहरुले शेयर कर्जाका आर्कषक नयाँ योजनाहरु ल्याउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्य सहित सहुलियत ब्याजदर शेयर कर्जाको योजनाहरु सार्वजनिक गरेका हुन् ।...


नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा बाफलमा

Posted: 2018-09-21 15:07:44

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ। शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरे। विशेषत कलंकी तथा सितापाइला ...


Advertisements