बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



तरलता समस्या समाधान गर्ने गभर्नर र अर्थ सचिबको बाचा, ब्याज दर बृद्धि रोक्न के हुँदैछ पहल? रेमिटेन्सको बृद्धि ऋणात्मक भएको र सरकार खर्च नगरी बसेका कारण तरलताको चरम अभाव भएको हो। सरकारले चाहँदैमा रेमिटेन्स बढ्नेवाला पनि छैन र निर्माणको काम नभइ खर्चको भुक्तानी पनि भइहाल्ने अवस्था छैन

Posted: 2018-01-02 12:53:12

काठमाडौं। बैंकिङ तरलता अभाव हटाएर बढ्दो ब्याज दरलाई नियन्त्रण गर्न के गर्न सकिन्छ? अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरु समाधानको उपाय पहिल्याउन छलफलमा छन्। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल र अर्थ सचिव शंकर अधिकारीलाई भेटेपछि बैंकहरुले तत्काललाई ब्याज दर बृद्धि नगर्ने निर्णय गरिसकेका छन्। यसका लागि उनीहरुको शर्त छ( दुई चार दिनभित्र सरकारी र केन्द्रीय बैंकस्तरबाट आउने भनिएको नीतिगत सहुलियतलाई कुर्ने। बैंकरका अनुसार, गभर्नरले अभावबाट नआत्तिन भनेका छन् ...


एन आई सी एशिया बैंकको मुख्य प्रायोजन रहेको टिम विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग टी–२० को बिजेता, एन आई सी एशिया बैंकले स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्न तथा खेलकुद क्षेत्रबाट पनि देशका लागि महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले यस पटक विराटनगर वारियर्सका लागि मुख्य प्रायोजन गरेको

Posted: 2018-01-02 12:52:19

काठमाडौं- निजी क्षेत्रबाट आयोजना भएका खेलमा सबैभन्दा ठूलो पुरस्कार राशी भएको मानिएको “एभरेष्ट प्रिमियर लिग टी–२०” क्रिकेट प्रतियोगिता (ईपीएल) को उपाधि एन आई सी एशिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले हात पार्न सफल भएको छ । विराटनगरले जितसँगै ट्रफी र नगद रू. २१ लाख पुरस्कार प्राप्त गरेको छ । साथै, उक्त प्रतियोगिताको म्यान अफ दि सिरिजको पुरस्कार समेत सर्वाधिक रन बनाउन सफल विराटनगर वारियर्सकै बाबर हायातले हात पारेका छन् । उतm प्रतियोगिता अवधिभर बनेको कुल १४ अर्धशतकमा बाबरले ७ खेलमा ३ अर्धशतक प्रहार गर्दै कुल ३ सय १३ रन बनाएका थिए ।...


बृद्धाश्रम निर्माणका लागि नेपाल बङ्गलादेश बैंकको आर्थिक सहयोग, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत माया घर नेपाल लाई बृद्धाश्रम निर्माणका लागि ५५,५५५ आर्थिक सहयोग गरेको

Posted: 2018-01-02 12:51:22

काठमाडौं- नेपाल बङ्गलादेश बैंक लि. इटहरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत माया घर नेपाल लाई बृद्धाश्रम निर्माणका लागि ५५,५५५ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक आज बैंकका शाखा प्रमुख बिष्णुराज रायमाझीले संस्थाका कोषाध्यक्ष शान्ता न्यौपाने लाई हस्तान्तरण गर्नुभएको हो । इटहरीमा सामाजिक कार्यका क्षेत्रमा सकृय महिला दिदी बहिनीहरुको अगुवाईमा स्थापित उक्त सामाजिक संस्था माया घर नेपाल ले इटहरी उपमहानगरपालिका ...


नेपाल इन्भेष्टमेण्ट बैंकको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ

Posted: 2017-12-31 15:39:35

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौं महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । ...


निक्षेपको ब्याज माथि जान नदिन अर्थलाई मध्यस्थता गर्न बैंकरको आग्रह, समस्या सुल्झाउन समिति, बैंकर्स संघका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको नेतृत्वमा पूर्वअध्यक्ष राजनसिंह भण्डारी, प्रभु बैंकका अशोक शेरचन, लक्ष्मी बैंकका सुदेश खालिङ र एनसिसी बैंकका रमेश अर्यालले अर्थसचिवलागयतसँग तरलताका बिषयमा छलफल गरेका थिए

Posted: 2017-12-29 16:11:56

काठमाडौं। निक्षेपको ब्याज दर निश्चित प्रतिशतभन्दा माथि जान नदिन राज्यको मध्यस्थता बैंकरले खोजेका छन्। बैंकहरुले अर्थ मन्त्रालयका सचिव शंकर अधिकारीलाई भेट्दै सरकारी स्तरबाटै निश्चित प्रतिशतभन्दा बढि ब्याज दिन नपाउने गरी मध्यस्थता गरिदिन आग्रह गरेका हुन्। बैंकर्स संघका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको नेतृत्वमा पूर्वअध्यक्ष राजनसिंह भण्डारी, प्रभु बैंकका अशोक शेरचन, लक्ष्मी बैंकका सुदेश खालिङ र एनसिसी बैंकका रमेश अर्यालले अर्थसचिवलागयतसँग तरलताका बिषयमा छलफल गरेका थिए।


Advertisements