बैंकिंग

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

Posted: 2018-10-15 10:57:19

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लि.लेमिति २०७५ असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टरसुरु गरेको हो । यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटाएटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 
 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दे आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुक बाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



ओभर ड्राफ्ट ऋण घटाउन बैंकलाई राष्ट्र बैंकको दबाव, कुन बैंकले कति घटाउनुपर्छ ?

Posted: 2018-02-13 11:01:13

सुनाखरी न्युज- काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकहरुलाई ओभर ड्राफ्ट अर्थात् अधिविकर्ष कर्जा लगानी घटाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले त्यसका लागि करिब वर्ष्दिन अर्थात् ०७५ पुस मसान्तसम्मको सीमा दिएको छ । राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा ल्याउन बैंकहरुले पाँच खर्ब ४० अर्ब रुपैयाँ ऋण घटाउनुपर्नेछ । मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले ओभर ड्राफ्टवापतको कर्जा १५ प्रतिशतमा सीमित राख्न निर्देशन दिएको छ । ...


बैंकहरुको चुक्तापुँजी पुर्‍याउने आफ्नै सुर, राष्ट्र बैंकको रेड कार्पेट

Posted: 2018-02-12 12:49:08

सुनाखरी न्युज- नियामक निकाय राष्ट्र बैंककै आड पाएपछि पाँच वटा वाणिज्य बैंकहरु तोकिएभन्दा बढी समय लगाएर चुक्तापुँजी पुर्‍याउने ध्याउन्नमा देखिएका छन् । तोकिएको समयमा पुँजी पुर्‍याउन सबै संस्थालाई समस्या हुने भएपछि राष्ट्र बैंकले घुमाउरो छुट दिएर नौ महिना पुर्‍याइदिएको छ । जबकि, राष्ट्र बैंकले बैंकहरुलाई ६ महिना मात्र समय दिएको बताउने गरेको छ । ‘बाह्य लेखा परीक्षणका लागि बढीमा ६ महिना पाउँछन्, त्यस अवधिसम्म पुँजी पुर्‍याउनुपर्छ भनेका हौं,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भन्छन् ।...


नेपाल बैंकको एफपीओ विवादमा, निरन्तरको घाटा प्रमूख समस्या

Posted: 2018-02-11 20:28:23

सुनाखरी न्युज- बुटवल पावर कम्पनीपछि नेपाल बैंकले नयाँ सेयर (एफपीओ) जारी गर्न पाउनेरनपाउने विवाद देखिएको छ । बैंकको सञ्चित नोक्सान रहेकाले एफपीओ विवादमा परेको हो । धितोपत्र बोर्डको नियमअनुसार एफपीओ जारी गर्ने कम्पनी पछिल्लो पाँच वर्षमा कम्तिमा तीन वर्ष खुद नाफामा सञ्चालन भएको हुनु पर्छ । सेयर जारी गर्ने समयमा पनि नेटवर्थ प्रतिसेयर चुक्तापुँजी (सय रुपैयाँ) भन्दा बढी हुनुपर्ने प्रावधान छ । ...


राष्ट्र बैंकका कायम मुकायम ८ कार्यकारी निर्देशकको बढुवा, राष्ट्रिय सभा निर्वाचन लगत्तै निर्णय

Posted: 2018-02-08 20:47:39

सुनाखरी न्युज- नेपाल राष्ट्र बैंकले आठ जना कायम मुकायम कार्यकारी निर्देशकलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ। विहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उनीहरुलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय भएको हो। यसअघि नै विभिन्न मितिमा उनीहरुले कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाइसकेका थिए।...


जनता बैंक को लेकसाइड र अत्तरीया शाखा कार्यालय उद्घाटन

Posted: 2018-02-08 15:03:29

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको शाखा विस्तारको निरन्तरताको रुपमा आज एकै साथ लेकसाइड, पोखरा र अत्तरीया, कैलालीमा गरी २ शाखाहरुको समुद्घाटन सम्पन्न भएको छ । बैंकको लेकसाइड शाखा ९३औं र अत्तरीया शाखा ९४औं हो । यि दुवै शाखाहरुबाट आजै देखि बैंकिङ्ग कारोवार सुरु भएको छ । लेकसाइड शाखाको उद्घाटन पोखारा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि. र बैंकका संचालक रामबहादुर भण्डारीबाट र अत्तरीया शाखाको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउद र संचालक गौतमप्रसाद खनालबाट संयुक्त रुपमा समुद्घाटन सम्पन्न भयो । ...


Advertisements