बैंकिंग

ग्लोबल आइएमई बैंकको मिसकल बैंकिङ् सेवा सञ्चालनमा

Posted: 2018-10-12 14:59:51

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले मिसकल बैंकिङ् सेवा सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सकिनेछ ।ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ् सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा १०० रुपैयाँ टपअप गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने विभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्नेछन ।
 
 
ग्राहकहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफैँ फोन काटिने छ । त्यसपछि बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउनेछ ।



More News



ग्लोबल आइएमई बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा सन्चालनमा

Posted: 2018-12-14 15:17:08

सुनखरी न्युज/ काठमाडौ - ग्लोबल आइएमई बैंकले प्रदेश नं. ७, कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा शाखा कार्यालय संचालनमा ल्याएको छ । यस अत्तरिया शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको ...


सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकाहरुलाई सहयोग

Posted: 2018-12-14 14:55:28

सुनखरी न्युज/ काठमाडौ - सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हेल्पलेस चिल्डे«न होम’, कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ । यस आश्रममा अनाथ, असाहय, ...


नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बीच बीमा पोलिसी बिक्री गर्ने सम्बन्धी सम्झौता

Posted: 2018-12-14 10:29:53

सुनाखरी न्युज/ काठमाडौ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट ...


सानिमा बैंकको १४ औं साधारण सभा सम्पन्न

Posted: 2018-12-14 10:19:40

सुनाखरी न्युज/ काठमाडौ - सानिमा बैंक लिमिटेडले आजमंसिर २७गते बिहीबारका दिन १४औ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्नगरेको छ । बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक


माछापुच्छ्रे बैंक र पूर्व प्रहरी संगठनबीच सम्झौता

Posted: 2018-12-14 09:56:57

सुनाखरी न्युज/ काठमाडौ - नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंक लिमिटेडबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।नेपाल पूर्व प्रहरी संगठनको साधारण सभाको अवसरमा भएको उक्त ...


Advertisements