बैंकिंग

सिटिजन्स बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानीका लागि सम्झौता

Posted: 2018-10-12 11:26:38

सुनाखरी न्युज/ काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी  सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बिहिबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त सम्झौता समारोहमा सिटिजन्स बैंकका डेपुटी सीइओ गणेश राज पोख्रेल र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको समेत उपस्थिति रहेको थियो । यस सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नुहुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । उक्त सम्झौताको बारेमा बोल्दै सिटिजन्स बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्लेले भन्नुभयो, हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । 
 
 
यो सहकार्य पश्चात हाम्रा ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि  बढेका छौँ भन्ने महसुस गरेका छौ । साथै बैंकका डेपुटी सीइओ गणेश राज पोख्रेलले आफू डिजिटल प्रविधिमैत्री  रहेको र मोबाईलबाटै फिल्मको टिकट काट्ने र अन्य दैनिक भुक्तानीहरु पनि मोबाईल एप मार्फत नै गर्ने गरेको बताउनुभयो । म प्रविधिको विकास र यसले मानिसको दैनिक जीवनमा ल्याएको सहजताबाट एकदमै  प्रभावित छु । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरु माझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ, उहाँले थप्नुभयो । त्यसै गरी खल्तीका निर्देशक अमित अग्रवालले भन्नुभयो, हामी सिटिजन्स बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । 
 
 
अब सिटिजन्स बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ । सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो। खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ । हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या पाँच लाखभन्दा बढि रहेको छ ।



More News



ग्लोबल आइएमई बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा सन्चालनमा

Posted: 2018-12-14 15:17:08

सुनखरी न्युज/ काठमाडौ - ग्लोबल आइएमई बैंकले प्रदेश नं. ७, कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा शाखा कार्यालय संचालनमा ल्याएको छ । यस अत्तरिया शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको ...


सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकाहरुलाई सहयोग

Posted: 2018-12-14 14:55:28

सुनखरी न्युज/ काठमाडौ - सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हेल्पलेस चिल्डे«न होम’, कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ । यस आश्रममा अनाथ, असाहय, ...


नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बीच बीमा पोलिसी बिक्री गर्ने सम्बन्धी सम्झौता

Posted: 2018-12-14 10:29:53

सुनाखरी न्युज/ काठमाडौ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट ...


सानिमा बैंकको १४ औं साधारण सभा सम्पन्न

Posted: 2018-12-14 10:19:40

सुनाखरी न्युज/ काठमाडौ - सानिमा बैंक लिमिटेडले आजमंसिर २७गते बिहीबारका दिन १४औ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्नगरेको छ । बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक


माछापुच्छ्रे बैंक र पूर्व प्रहरी संगठनबीच सम्झौता

Posted: 2018-12-14 09:56:57

सुनाखरी न्युज/ काठमाडौ - नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंक लिमिटेडबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।नेपाल पूर्व प्रहरी संगठनको साधारण सभाको अवसरमा भएको उक्त ...


Advertisements