बैंकिंग

माछापुच्छ्रे बैंकको चार शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

Posted: 2018-10-11 15:53:58

सुनाखरी न्युज/ काठमाडौं -  माछापुच्छ्रेबैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा चार शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्गनगरपालिका (च्यास्मीटार), खोटाङ्गकै हलेसी तुबचुङ्गनगरपालिका (धितुङ्ग) मा थप चार शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ३३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
 
 
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३३शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२१ स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटिएमहरु सञ्चालनमा रहेको छ ।



More News



दशैंको बिदामा कुन बैंकले कहाँ अनि कहिले सेवा दिँदैछन् ?

Posted: 2018-10-17 06:35:52

सुनाखरी न्युज/ काठमाडौं- दशैंको बिदामा बैंकहरुले दिने सेवाका लागि समय तथा शाखाहरु तोकेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार केही बैंकहरुले सेवाग्रहीको सहजताका लागि दशैंमा खुल्ने शाखा तथा समयको विबरण तयार गरेका हुन् । ३६५ दिन नै सेवा दिने योजना अनुरुप बैंक तथा वित्तीय संस्थाले आफ्ना केही शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका हुन् । ...


ज्योतिले हाम्रो विकास बैंकलाई किन्ने प्रस्ताव पारित, सेयरधनीले ८.४० प्रतिशत लाभांश पाउने

Posted: 2018-10-16 11:41:22

सुनाखरी न्युज/ काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले ११औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गरी संचालक समितिको तर्फबाट सभा समक्ष ...


एनआई सी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै घरमै बसी खोल्न सकिने

Posted: 2018-10-16 10:28:59

सुनाखरी न्युज/ काठमाडौं -“सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ”भन्ने मुल नाराका साथ एनआई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाताखोल्न लाइनमाबसी रहननपर्ने र अब घरैमा बसी ...


नेपाल बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार

Posted: 2018-10-15 11:39:51

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बङ्गलादेश बैंकले आफ्नो ग्राहकहरुको लागि सगौरव बचत खाता अन्तर्गत दशैँ शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख रुपैयाँ वा सो भन्दा बढी निक्षेप गरी ...


इन्भेष्टमेण्ट बैंकका थप ६ एटिएम संचालनमा

Posted: 2018-10-15 11:22:41

सुनाखरी न्युज/ काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ। काठमाडौंको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल, ...


Advertisements