बैंकिंग

बैंकहरुको झण्डै सवा २ खर्ब ऋण जोखिममा ! कुन बैंकको बढी ?

Posted: 2018-07-11 11:49:50

 
सुनाखरी न्युज/
काठमाडौं-
बैंक तथा वित्तिय संस्थाले गरेको लगानी नउठ्नेक्रम बढ्दै गएको ऋण असुली न्यायाधीकरणको तथ्यांकले देखाएको छ । 
 
चालु आर्थिक बर्ष (२०७४-७५) को असार २५ गतेसम्म विभिन्न बैंक तथा वित्तिय संस्थाले झण्डै सवा २ खर्ब ऋण उठाउन नसकेर  ऋण  असुली न्यायाधीकरणमा ऋणी बिरुद्ध मुद्दा दर्ता गराएका छन् । 
 
असार २५ गतेसम्म २ खर्ब ११ अर्ब ८३ करोड ४७ लाख १५ हजार २ सय १४ रुपैयाँ बराबरको ऋण उठाइदिन माग गर्दै न्यायाधीकरणमा मुद्दा परेको न्यायाधीकरणका प्रवक्ता भेषराज कोइरालाले बताए । 
 
विभिन्न बैंक तथा वित्तिय संस्थाले १ सय ९८ वटा मुद्दा न्यायाधीकरणमा दर्ता गराएका छन् । 
 
गत आर्थिक वर्षमा यस्तो मुद्दा १०६ वटा मात्र परेको थियो । मुद्दा दर्ता गराउनेमा धेरै जसो वाणिज्य बैंक (क वर्गका बैंक) रहेका छन् । 
 
एनसीसी बैंक, एनआइसी एसिया, सिभिल बैंक लगायतले पटक पटक विभिन्न ऋणीका विरुद्द मुद्दा दर्ता गराएको देखिन्छ ।
 
मुद्दा दर्ता गराउनेमा १५ वटा वाणिज्य बैंक, चार वटा विकास बैंक र तीन वटा फाइनान्स कम्पनी रहेका छन् । 
 
यो वर्ष चैत महिनामा सबैभन्दा बढी मुद्दा दर्ता भएको छ । यस महिना विभिन्न बैंक तथा वित्तिय संस्थाले ३० वटा मुद्दा दर्ता गराएका हुन् । 
 
यद्यपि, चालु आवको अन्तिम महिनामा पनि २५ गतेसम्म २३ वटा मुद्दा परेकाले यो महिना अझै केही दिन बाँकी रहेकाले बढ्न सक्ने प्रवक्ता कोइरालाको भनाई छ । 
 
यस्तै न्यायाधीकरणले ८५ वटा मुद्दाको फैसला गरिसकेको जनाएको छ ।  
 
प्रवक्ता कोइराला ऋण नतिर्दा हुँने दण्ड सजाय फितलो भएकाले पनि बैंक तथा वित्तिय संस्थाको लगानी उठ्न गाह्रो परेको बताउँछन् । 
 
बैंकहरुले ऋण दिदा धितो राख्ने तर के कस्तो धितो राखेर ऋण लिएको छ नबुझी ऋण दिँदा बैंकहरुको आफ्नो लगानी डुब्न सक्ने खतरा बढ्दै गएको उनले बताए ।
 
बैंकहरु धितोले काम गर्न नसक्ने भएपछि अन्तिम अवस्थामा मात्र न्यायाधीकरण धाउने गर्छन । 
 
न्यायाधीकरणमा आउने मुद्दा पाँच लाख रुपैयाँ भन्दा बढीको हुन्छ । 
 
पछिल्लो समय ऋण असुली न्यायधिकरणमा मुद्दा दर्ता हुने क्रम बढेकाले एकातर्फ बैंकहरुको भाका नाघेको ऋणहरु एठ्न अझै धेरै बाँकी छ भन्ने देखाउँछ भने अर्कोतर्फ न्यायाधीकरणप्रति विश्वास पनि बढ्दै गएको पुष्टि हुने कोइराला बताउँछन् । 
 
बैंकहरुले सवारी साधनमा गरेको लगानी पनि उत्तिकै फसेको छ यस्ता ऋणहरु उठाउन न्यायाधीकरणलाई पनि समस्या पर्ने गरेको कोइरालाले बताए । 
 
बैंक तथा वित्तिय संस्थाले ऋण असुली ऐन २०५८ तथा नियमावली २०५९ अनुसार भाखा नाघेको ऋणको लागि पाँच वर्ष्भित्र निवेदन दिनुपर्नेछ । 
 
निवेदन प्राप्त भएको १५ दिनभित्र न्यायधिकरणले प्रतिवादीलाई आफ्नो सफाइको लागि सबुद प्रमाणसहित १५ दिनको म्याद दिन्छ ।
 
र, न्यायधिकरणले प्रति उत्तर प्राप्त भएको १५० दिन भित्र मुद्दाको किनार लगाइसक्नुपर्छ । 
 
न्यायधिकरणले ऋण असुल गरेको अवस्थामा भने उठेको ऋणको एक प्रतिशत शुल्क लिन्छ ।



More News



एकैदिन गण्डकी विकास बैंकका ६ शाखा विस्तार, छिटै नौ शाखा थपिँदै

Posted: 2018-07-18 10:08:45

सुनाखरी न्युज/ काठमाडौँ - गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा संचालन गरेको हो । ...


एनआईसी एशिया बैंकले सुरु गर्यो : Missed Call Banking सेवा

Posted: 2018-07-18 09:57:46

सुनाखरी न्युज/ काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्त पार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । ...


नबिल बैंकको एकैपटक १२ शाखा सञ्चालनमा

Posted: 2018-07-17 13:46:24

सुनाखरी न्युज/ काठमाडौँ - नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा ल्याएको छ। नबिल बैंकले कर्णाली प्रदेश तथा प्रदेश ७ र ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सूरु हुनेगरी सञ्चालनमा ल्याएको हो। मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौंबाट अनलाईन ...


स्थानीय तहमा सेवा विस्तार गर्ने उदेश्य अनुरुप : गाउँगाउँमा सिटिजन्स बैंक

Posted: 2018-07-17 12:11:45

सुनाखरी न्युज/ काठमाडौं -“योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालार्इ आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति २०७५ साल असार ३१ गते बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित पत्रकार ...


एन आई सी एशिया बैंकको डडेल्धुरामा २ नयाँ शाखा स्थापना

Posted: 2018-07-17 11:46:40

सुनाखरी न्युज/ काठमाडौँ - डडेल्धुरा जिल्लामा एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरू स्थापना भएका छन् । बैंकको २ नयाँ शाखा कार्यालयहरू अमरगढी, डडेल्धुरास्थित डडेल्धुरा शाखा अमरगढी नगरपालिकाका मेयर विषेश्वरप्रसाद ओझा र दिपायल सिलगढी, ...


Advertisements