बैंकिंग

एन आई सी एशियाको एकै साथ ३ शाखा बिस्तार...

Posted: 2018-07-10 11:18:46

सुनाखरी न्युज/ काठमाडौं - एन आई सी एशिया बैंकले एकै दिन ३ नयाँ शाखा कार्यालयहरु खोलेका छन् । गौरीगञ्ज नगरपालिका वडा नं. ३, झापा स्थित गौरीगञ्ज शाखा, कनकाई नगरपालिका वडा नं ३, झापा स्थित सुरुङ्गा शाखा तथा ठाकुरबाबा नगरपालिका, वडा नं. १, बर्दिया स्थित भुरीगाँउ शाखा गरि तीन स्थानमा आइतबार एक छुट्टा छुट्टै समारोहकाबीच शाखा बिस्तार गरेको हो ।
 
 
बैंकको वासलातको आकार रू. १७८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
 
 
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ । उक्त बैंकको मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
 



More News



यस्ता छन् बैंकहरुले पछिल्लो पटक सार्वजनिक गरेका १ खर्बका शेयर कर्जा योजना

Posted: 2018-09-22 07:26:15

सुनाखरी न्युज/ काठमाडौं- शेयर बजारमा सुधारको संकेत र लगानीकर्तामा आशाको सञ्चार हुदै गर्दा केही बैंक तथा वित्तीय संस्थाहरुले शेयर कर्जाका आर्कषक नयाँ योजनाहरु ल्याउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्य सहित सहुलियत ब्याजदर शेयर कर्जाको योजनाहरु सार्वजनिक गरेका हुन् ।...


नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा बाफलमा

Posted: 2018-09-21 15:07:44

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ। शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरे। विशेषत कलंकी तथा सितापाइला ...


थापाथलीमा राष्ट्र बैंकको नयाँ भवन निर्माण शुरु

Posted: 2018-09-21 14:00:04

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल राष्ट्र बैंकको थापाथली परिसरमा सुविधा सम्पन्न नयाँ भवन निर्माण शुरु गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो ...


विदेश घुम्न जानेलाई अब नबिल बैंकबाटै स्वास्थ्य बीमा, प्रभु इन्सुरेन्ससँग सम्झौता

Posted: 2018-09-21 13:44:56

सुनाखरी न्युज/ काठमाडौँ - नबिल बैंकले आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रि(पेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटही ...


जनता बैंक नेपाल बाट केन्द्रीयबहिरा क्याम्पसलाई नगदअनुदान र कम्प्युटर सहयोग प्रदान

Posted: 2018-09-21 10:26:06

सुनाखरी न्युज/ काठमाडौ - यस जनता बैंक नेपाल लिमिटेड बाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीयबहिरा क्याम्पस, नक्साल लाई नगदतथा कम्प्युटर उपकरणहरु हस्तान्तरण गरिएको छ ।आज एक समारोहका ...


Advertisements