बैंकिंग

एनआईसी एशिया बैंक र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता

Posted: 2018-06-13 13:46:44

सुनाखरी न्युज/ काठमाडौं -  गरिमा विकास बैंक लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडबीच गरिमा रेमिट  र एनआई सी एशिया रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट चिफ मार्के्टिङ्ग अफिसर जयन्द्र रावलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
 
सम्झौतापश्चात एनआईसी एशिया बैंक लिमिटेडका देशभर रहेका २१० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न र खातामा जम्मा गर्न तथा गरिमाविकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट एनआईसी एशिया रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न र खातामा जम्मा गर्न सकिन्छ । 
 
 
 
 
 



More News



गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने

Posted: 2018-08-21 11:29:39

सुनाखरी न्युज/ काठमाडौं - गण्डकी विकास बैंकका एटिएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा काठमाण्डौं स्थित नेपाल मेडिसिटी हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ । एक कार्यक्रमका विच ...


एनआइसी एसियाको प्राइम लाईफ इन्स्योरेन्स सँग बैंकास्योरेन्स सम्झौता

Posted: 2018-08-21 10:21:15

सुनाखरी न्युज/ काठमाडौं - एनआईसी एसिया बैंकले प्राइम लाईफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ। सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभरका २३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफका जीवन बीमा ...


मृतक सशस्त्र प्रहरीको श्रीमतीलाई बीमा वापतको रकम हस्तान्तरण

Posted: 2018-08-21 09:21:53

सुनाखरी न्युज/ काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उपचारको क्रममा मृत्यु भएका एक सशस्त्र प्रहरी जवानको श्रीमतीलाई बीमा वापतको २ लाख रुपैयाँको चेक प्रदान गरेको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक संजयविक्रम राणा ...


कृषि विकास बैंकद्धारा उत्कृष्ट प्रगती हांसिल गर्ने आधारहरुका बारेमा छलफल

Posted: 2018-08-20 20:57:20

सुनाखरी न्युज/ काठमाडौं– कृषि विकास बैंकद्धारा उत्कृष्ट प्रगती हांसिल गर्ने आधारहरुका बारेमा छलफल भएको छ । गत आर्थिक वर्ष ०७४।७५ मा उत्कृष्ट प्रगती हांसिल गर्ने कार्यालयहरुको प्रगतीका आधारमा छनौट भएका प्रबन्धकहरुको प्रमुख सहभागीताका साथ एक दिने कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा ४८ वटा कार्यालयका प्रबन्धकहरुको सहभागी रहेको थियो । ...


एनएमबी बैंकका ग्राहकलाई नर्भिकमा उपचार गराउँदा छुट

Posted: 2018-08-20 15:10:18

सुनाखरी न्युज/ काठमाडौं - एनएमबी बैंकका ग्राहक र कर्मचारीले नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचार गराउँदा छुट पाउने भएका छन । बैंकले आधुनिक सुविधा सम्पन्न अस्पताल नर्भिकसँग विभिन्न सेवा तथा सुविधामा छुट ...


Advertisements