बैंकिंग

एनआई सी एशिया बैंकको नयाँ शाखा सर्लाहीको हरिपुर्वामा विस्तार

Posted: 2018-06-13 10:10:44

सुनाखरी न्युज/ काठमाडौं -  एनआईसी एशिया बैंकले नयाँ शाखा सर्लाहीको हरिपुर्वा गाँउपालिकामा स्थापना गरेको छ । मंगलबार हरिपुर्वा गाँउपालिकाका मेयर सियाराम रायबाट विधिवत् नयाँ शाखाको उद्घाटन भएको छ । अब  बैंकको  मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
 
 
बैंकको वासलातको आकार १६६ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब ११८ अर्ब रुपैयाँ र कुलनिक्षेप करिब १४१ अर्ब रुपैयाँ पुगिसकेको बैंकले जनाएको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।
 
 
 
 
 
 



More News



सिभिल बैंक वित्तीय शिक्षाको छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध

Posted: 2018-06-20 08:19:29

सुनाखरी न्युज/ काठमाडौं- सिभिल बैंक लिमिटेडछक्कापञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ । आज एक कार्यक्रमबिच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्कापञ्जा–३ का निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरिन् ।...


गण्डकी विकास बैंकको रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा शाखा विस्तार

Posted: 2018-06-19 09:31:37

सुनाखरी न्युज/ काठमाडौ - गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा गरी थप तीन शाखा कार्यालयहरुको विस्तार गरेको छ । उक्त शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोवार शुभारम्भ गरिएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । योसंगै बैंकको शाखा सञ्जाल मुलुकभरीका विभिन्न ६२ स्थानमा पुगेको छ । बैंकका उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका ...


नेपाल बंगलादेश बैंक र नेसनल लाइफ इन्स्योरेन्सबीच सम्झौता

Posted: 2018-06-19 09:19:28

सुनाखरी न्युज/ काठमाडौ - नेपाल बंगलादेश बैंक र नेसनल लाइफ इन्स्योरेन्सका बीचमा बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतामा बैंकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गर्नु भएको थियो । ...


नोट धुल्याउने नयाँ नियमावली ल्यायो राष्ट्र बैंकले

Posted: 2018-06-19 08:14:58

सुनाखरी न्युज/ काठमाडौं/- नेपाल राष्ट्र बैंकले नोट धुल्याउने नियमावली २०५९ को संशोधन गरी नयाँ नियमावली लागू गरेको छ । नियमावलीमा राष्ट्र बैंकले धुल्याउन छुट्याएका नोटहरुको थान गन्ती गरी लगत खडा गरी राख्नुपर्ने व्यवस्था गरिएको छ । ...


ल्यायो मेगा बैंकले दुई दुई वटा आकर्षक बचत खाता योजना, जस्मा १२ प्रतिशत सम्म व्याज पाईने

Posted: 2018-06-18 12:59:51

सुनाखरी न्युज/ काठमाडौ - मेगा बैंकले साढे १२ प्रतिशत व्याज दिनेगरी आकर्षक मुद्दती खाता योजना ल्याएको छ । साथै दुई दुई वटा आकर्षक बचत खाता योजनाहरु पनि ल्याएको छ। मेगा राइजिङ मुद्दती खाता न्यूनतम १ लाख रुपैयाँमै खोल्न सकिने छ भने मासिक भुक्तानी हुनेगरी बार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ। यस योजनामा ग्राहकहरुलाई निक्षेपको ९० प्रतिशत सम्म ओभरड्राफ्ट सुविधा दिइने बैंकले जनाएको छ। ...


Advertisements