बैंकिंग

एन आई सी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा

Posted: 2018-05-14 20:07:28

 
 
सुनाखरी न्युज/
 
काठमाडौं-
 
 
 
 
 
एन आई सी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६, पोखरा, कास्की स्थित लेकसाइड शाखाको वैशाख ३१ गते एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक  नारायण प्रसाद पौडेलबाट विधिवत् समुद्घाटन सम्पन्न भयो ।
 
 
 
समुद्घाटन समारोहमा बोल्दै कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका प्रवक्ता समेत रहनु भएका पौडेलले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बंैकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको अभियानमा सब्यपुर्वक सहभागी भई ३३ वटा त्यस्ता स्थानिय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएकोमा एन आई सी एशिया बैंकको प्रशंसा गर्नुभयो ।
 
 
 
उक्त समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ का अध्यक्ष, वरिष्ठ पर्यटन  व्यवसायी गणेश भट्टराईले बैंकलाई शुभकामना प्रदान गर्नु भएको थियो ।  
 
 
 
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू. ११० अर्ब र कुल निक्षेप करिब रू. १३४ अर्ब पुगिसकेको छ । यस सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।



More News



सिटिजन्स बैंकले ल्यायो नयाँ बचत खाता, दैनिक मौज्दातमा ७ प्रतिशत व्याज

Posted: 2018-08-17 14:46:52

सुनाखरी न्युज/ काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मेरो सिटिजन्स बचत खाता सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ब्रान्ड एम्बेसडर ...


आइएमई लाइफ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंक इन्स्योरेन्स सम्झौता

Posted: 2018-08-17 14:22:14

सुनाखरी न्युज/ काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फ बाट निमित्त महाप्रबन्धक ...


राष्ट्रिय वाणिज्य बैंक र एनबीआई बीच सम्झौता

Posted: 2018-08-17 14:06:57

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी शुक्रबार सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण ...


सांग्रिला डेभलपमेन्ट बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Posted: 2018-08-17 10:30:02

सुनाखरी न्युज/ काठमाडौं - सांग्रिला डेभलप्मेन्ट बैंक र जनरल ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा ...


रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीसँग एनआई सी एशिया बैंकको बैंकास्योरेन्स सम्झौता

Posted: 2018-08-17 09:17:29

सुनाखरी न्युज/ काठमाडौं - एनआई सी एशिया बैंक लिमिटेडले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका ...


Advertisements