बैंकिंग

ग्लोबल आइएमई बैंकको एकैदिन ७ वटा शाखा थप

Posted: 2018-05-14 20:00:21

 
सुनाखरी न्युज/
काठमाडौं-
 
ग्लोबल आइएमई बैंकलसोमबार एकै दिन ७ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नं. ७, तारापट्टि, बारा जिल्लाको फेटा नगरपालिका वडा नंं. ७, फेटा बजार, रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिका वडा नं. ८, बिजयपुर, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ५, पातो, डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. ३, भद्रपुर, डोटी जिल्लाको पूर्वीचौकी गाँउपालिका वडा नं. ४, साना गाँउ र बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ३, खोचलेक सहित ७ वटा नयाँ शाखाहरु स्थापना गरि संचालनमा ल्याएको हो । थप ७ स्थानमा शाखा कार्यालय संचालनमा ल्याए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १२९ पुगेको छ । साथै बैंकले २०७५ बैशाख ३१ गते सोमबार देखि नै ललितपुर जिल्लाको मंगलबजारमा एटिएम सेवा समेत थप गरेको छ । मंगलबजारमा एटिएम सेवा थप गरेसंगै बैंकको एटिएम संख्या १३१ पुगेको छ । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८० शाखा रहित बैंकिङ्ग सेवा माफर्त ८ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 



More News



सानिमा म्युचअल फण्डको प्रति इकाइ मूल्य १० रुपैयाँ १४ पैसा कायम

Posted: 2018-05-25 11:08:49

सुनाखरी न्युज/ काठमाडौं - सानिमा बैंकले निष्कासन गरेको सानिमा म्युचअल फण्डको सम्पत्तिमा वृद्धि भएको छ । म्युचअल फण्डको प्रतिइकाई खुदमूल्य बढेर १० रुपैयाँ १४ पैसा पुगेको छ । अघिल्लो महिना ऋणात्मक अर्थात ९ रुपैयाँ ९३ प्रतिशत रहेकोमा बैशाखमा बढेको छ । सानिमा म्युचअलले १ करोड ८२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । ...


सिटिजन्स म्युचअल फण्डको खुद आम्दानीमा बृदि , प्रतिइकाई १० रुपैयाँ १३ पैसा

Posted: 2018-05-25 10:51:43

सुनाखरी न्युज/ काठमाडौं - सामूहिक लगानी कोष ( म्युचअल फण्ड) को प्रतिफल घटि रहेका बेला सिटिजन्स म्युचअल फण्ड १ को भने बढेको छ । गत माघमा बिक्री भएको सिटिजन्सको प्रति ईकाई १३ पैसा बढेको छ । प्रति इकाई खुदसम्पत्ति मुल्य १० रुपैयाँ १३ पैसा पुगेको हो । सिटिजन्सले नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक, सनराइज, सिभिल, ग्लोबल आईएमई, जनता कुमारी, माछापुच्छ्रे बैंक, ज्योति, देव विकास बैंक, सेन्ट्रल फाइनान्स, आरम्भ माइक्रो फाइनान्स र जलविद्युत लगानी तथा विकास कम्पनीमा लगानी गरेको छ । ...


बैंकहरुमा तरलताको अवस्थामा सुधार

Posted: 2018-05-24 21:12:02

सुनाखरी न्युज/ काठमाडौं- सरकारको निर्माण खर्च बढ्न थालेपछि बाणिज्य बैंकहरुको तरलता सहज हुँदै गएको छ। जेठ पहिलो सातासम्म निक्षेप १९ खर्ब रुपैयाँले बढेर २३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। बैंकहरुले निक्षेप बढेसँगै ऋण पनि बृद्धि गर्न थालेका छन्। सातामा ऋण १७ अर्ब रुपैयाँले बढाएका छन्। जेठ ४ गतेसम्म बैंकहरुले २० खर्ब ४० अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।...


प्रभु बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न

Posted: 2018-05-24 20:21:15

सुनाखरी न्युज/ काठमाडौं- प्रभु बैंक लिमिटेडको १६ औं वार्षिक साधारण विहिबार काठमाडौंमा सभास म्पन्नभएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बैंकको प्रधानकार्यालय बबरमहलमा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७३-०७४को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएकोछ । ...


सिभिल बैंकको हकप्रद शेयर लिलाममा अधिक आवेदन

Posted: 2018-05-24 20:14:21

सुनाखरी न्युज/ काठमाडौं- सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको चुक्तापूँजी ८ अर्ब पु¥याउन बुझाएको पूँजी योजना बमोजिम, २५ प्रतिशत हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्रीप्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट लि.लाई नियुक्त गरेको थियो । ...


Advertisements