बैंकिंग

प्रभू बैंकको नयाँ शाखा टंगालमा

Posted: 2018-04-13 19:59:22

 
सुनाखरी न्युज/
काठमाडौं-
प्रभू बैंकले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.५ टंगालमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । बैंकको टंगाल शाखा कार्यालय बैंकका संचालक  अम्बिका शर्मा लामिछानेज्यूले एक समारोहका विच समुद्घाटन गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको हो ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।   
 



More News



गुल्मीको इन्द्रगौँडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा सन्चालन

Posted: 2018-09-23 10:11:57

सुनाखरी न्युज/ काठमाडौँ - मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ ...


यस्ता छन् बैंकहरुले पछिल्लो पटक सार्वजनिक गरेका १ खर्बका शेयर कर्जा योजना

Posted: 2018-09-22 07:26:15

सुनाखरी न्युज/ काठमाडौं- शेयर बजारमा सुधारको संकेत र लगानीकर्तामा आशाको सञ्चार हुदै गर्दा केही बैंक तथा वित्तीय संस्थाहरुले शेयर कर्जाका आर्कषक नयाँ योजनाहरु ल्याउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्य सहित सहुलियत ब्याजदर शेयर कर्जाको योजनाहरु सार्वजनिक गरेका हुन् ।...


नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा बाफलमा

Posted: 2018-09-21 15:07:44

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ। शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरे। विशेषत कलंकी तथा सितापाइला ...


थापाथलीमा राष्ट्र बैंकको नयाँ भवन निर्माण शुरु

Posted: 2018-09-21 14:00:04

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल राष्ट्र बैंकको थापाथली परिसरमा सुविधा सम्पन्न नयाँ भवन निर्माण शुरु गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो ...


विदेश घुम्न जानेलाई अब नबिल बैंकबाटै स्वास्थ्य बीमा, प्रभु इन्सुरेन्ससँग सम्झौता

Posted: 2018-09-21 13:44:56

सुनाखरी न्युज/ काठमाडौँ - नबिल बैंकले आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रि(पेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटही ...


Advertisements