बैंकिंग

बाणिज्य बैंकिङमा अनुपमा खुँजेली पहिलो महिला सिइओ

Posted: 2018-04-13 13:11:07

 
सुनाखरी न्युज   /
काठमाडौ- नेपालको बाणिज्य बैंकिङ क्षेत्रले पहिलो पटक महिला प्रमुख कार्यकारी अधिकृत पाएको छ। मेगा बैंकले अनुपमा खुँजेलीलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
 
 
 
बैंकको बिहीबार गोकर्ण फरेस्ट रिसोर्टमा बसेको सञ्चालक समितिले २७ बर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो। ४र४ बर्षको दुई कार्यकाल सकेर अनिल शाह अवकास भएपछि उनी त्यहाँ कामु प्रमुख कार्यकारी अधिकृत भएकी थिइन्।
 
तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगा बैंक पुगेकी थिइन्। ग्रिण्डलेजमा सहायक स्तरबाट जागिर सुरु गरेकी उनले १३ बर्ष त्यहाँ बिताइन्। ’म्यानेजर’ तहबाट ग्रिण्डलेज छाडेकी उनले सिनियर म्यानेजरका रुपमा नबिल बैंकमा काम गरिन्। त्यहाँ छ बर्ष काम गरेपछि मेगा बैंकको संस्थापक नायव महाप्रबन्धकका रुपमा गइन्।
 
नेपालको सेन्टमेरिज स्कुलमा १० कक्षासम्म पढेपछि उनी प्लस टुका लागि भारत गइन्। स्नातक शंकरदेव क्याम्पसबाट सकेपछि एस कलेजबाट एमबिए गरेकी थिइन्। 
 
चार्टर्डमा उनीसँगै काम गरेकाहरुका अनुसार, खुँजेली मेहेनती र कुरा बुझ्ने बैंकरभित्र पर्छिन्। ’लगनशील भएर काम गर्ने स्वभाव छ। उनीसँगैका धेरै बैंकरलाई कुरा बुझाउन समय लाग्थ्यो, तर उनले टपक्कै कुरा टिप्थिन्’ चार्टर्डमा कुनै बेला उनीसँगै काम गरेका एक बैंकरले भने।
 
चार्डर्डबाट अनिल शाह नबिल बैंक आएपछि उनीसँगै खुँजेली पनि आएकी थिइन्। सँगै आएकामध्ये खुँजेलीमा ब्यवस्थापकीय ज्ञान बढी रहेको एक बैंकरले जानकारी दिए। अनिल शाह नबिलबाट मेगा बैंक गएपछि खुँजेली पनि त्यतै लागिन्। 
 
पहिलो महिला प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि खुँजेलीले अहिलेको जिम्मेवारीलाई अवसर र चुनौती दुबै रुपमा लिएको बताइन्। ’पहिलो महिला सिइओ भएको छु’ उनले बिजमाण्डूसँग भनिन्, ’म जसरी पनि सफल हुनैपर्छ। मेरो सफलताले महिलाहरुलाई बैंकिङको उच्च तहमा काम गर्ने प्रेरणा दिने छ।’
 
तरलता अभाव, ब्याज दर बृद्धिलगायत बैंकिङमा थुप्रै चुनौती रहेको बताउँदै उनले २७ बर्षको अनुभव यस्तै बेला काम लाग्ने बताइन्। ’बैंकिङमा काम गर्दा थुप्रै चुनौतीहरु आइपर्छन्। मैले काम सुरु गर्दा बचतको हिस्सा १० प्रतिशत हाराहारी थियो। अहिले ३५र४० प्रतिशतसम्म पुगेको छ’ उनले भनिन्, ’यस्ता परिवर्तनहरुलाई आत्मसाथ गर्दै अगाडि बढ्ने र बैंकिङमा नयाँ नयाँ कुराहरु ल्याउनु मेरो प्रयास हुने छ।’ उनले अहिले स्थिर सरकार बनेकाले आगामी दिनमा चुनौतीभन्दा अवसर बढी देखेको बताइन्। 



More News



एभरेष्ट बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

Posted: 2018-04-25 15:27:57

सुनाखरी नयुज/ काठमाडौं- एभरेष्ट बैंकले एलआईसी नेपालस“ग बैकास्योरेन्स संझौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआईसी नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले काठमाण्डौमा आयोजित एक समारोहबीच संझौतामा हस्ताक्षर गरे । ...


पार्क संरक्षणमा जनता बैंकको सहयोग

Posted: 2018-04-25 15:27:25

सुनाखरी न्युज/ काठमाडौं- काठमाडौ महानगरपालिका वडा नं. ३२, महादेवस्थानमा रहेको मदन भण्डारी स्मृति बाटिकाको संरक्षण यस बैंकको सहयोगमा गरिने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३२ एबं उपत्यका बिकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री के.पी. शर्मा ओलीले यहि मिति २०७५ बैशाख ११ गते उद्घाटन गरेका हुन् । ...


एनबी बैंकको डेपुटी सीईओमा श्रेष्ठ र एजीएममा देवकोटा

Posted: 2018-04-25 15:27:09

सुनाखरी न्युज/ काठमाडौं/- नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुरेन्द्रभूषण श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, बैंकको सहायक महाप्रबन्धक (एजीएम)मा सुरेश देवकोटा नियुक्त भएका छन् । सन् १९९६ मा एभरेस्ट बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका श्रेष्ठ वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन् । ...


जनता बैंकद्धारा निःसहाय सहयोग परिषदलाई सहयोग हस्तान्तरण

Posted: 2018-04-23 13:26:45

सुनाखरी न्युज/ काठमाडौं- बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सहयोग परिषद, धरानलाई १ लाख सहयोग हस्तान्तरण गरिएको छ । सो सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरे । ...


एनएमबि बैंकको सातौं हेरिटेज वाक

Posted: 2018-04-22 14:39:57

सुनाखरी न्युज/ काठमाडौं- एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा “सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८” आयोजना गरेको छ । बैंकले शनिबार राजधानी लगाएत अन्य क्षेत्रिय कार्यालयहरुमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापि रुपमा “सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८” मनाएको हो ।...


Advertisements