२०७७ जेठ १६ , शुक्रवार

नेपालमा एकै दिन ५९ जनामा कोरोना संक्रमण, स‌ंक्रमितको स‌ं‌ख्या ५१६ पुग्यो

हाइलाइट-समाचार

Hospital#

नेपालमा एकै दिन ५९ जनामा कोरोना संक्रमण, स‌ंक्रमितको स‌ं‌ख्या ५१६ पुग्यो

सुनाखरी न्युज/ काठमाडौं –

एकै दिन शुक्रबार कोरोना संक्रमितको संख्या ५९ जना बढेर कुल संक्रमित संख्या ५ सय भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन ५९ जना संक्रमित पुष्टि भई कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सर्लाही जिल्लामा १५, बाँकेमा १४ जना, कपिलवस्तुमा ९, बारामा ६, कैलाली र नवलपरासीमा ३/३, चितवनमा २, नवलपरासी पूर्व, सप्तरी, भक्तपुर, मोरङ, डडेल्धुरा, बैतडी र मकवानपुर जिल्लामा १र १ जना संक्रमित भेटिएका छन् । सर्लाहीको गौडेता नगरपालिका र बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । बाँकेका १३ जना नरैनापुर गाउँपालिकाका र एक जना राप्ती सोनारी गाउँपालिकाका हुन् ।

एक महिनापछि सुुदूरपश्चिममा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कैलालीमा ३ जना, डडेल्धुरा र बैतडीमा एक÷एक जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेमा कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुष रहेका छन् । डडेलधुराको परशुराम९१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ९१ का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Share this news: