२०७७ जेठ १६ , शुक्रवार

कराची विमान दुर्घटनामा अहिलेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि

विश्व-प्रवास

कराची विमान दुर्घटनामा अहिलेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि

सुनाखरी न्युज/ काठमाडौं-
इस्लामाबाद — पाकिस्तानको लाहोरबाट उडेको यात्रुबाहक विमान कराचीस्थित विमानस्थल बाहिरको आवासीय क्षेत्रमा शुक्रबार दुर्घटना हुँदा कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विमानमा ९१ जना यात्रु र चालक दलका ८ सदस्य थिए । अवतरणका क्रममा दुवै इन्जिन फेल भएपछि चालक दलका सदस्यसहित ९९ जना सवार जहाज कराची विमानस्थल बाहिरको आवासीय क्षेत्रमा खसेको हो

 

अधिकारीहरुले अहिलेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन् । यद्यपि, मृत्यु हुनेको संख्या अझ बढी रहेको जनाइएको छ । सिन्ध प्रान्तका सूचनामन्त्री नासिर हुसेन शाहले दुर्घटनामा कम्तीमा २ जना यात्रु बच्न सफल भएको बताएका छन् । उनीहरुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको उनले जनाए ।

अधिकारीहरुका अनुसार लाहोरबाट कराचीका लागि उडेको पाकिस्तान इन्टरनेसनल एयरलान्इन्सको विमान दुवै इन्जिन फेल भएपछि दुर्घटना भएको हो । ‘हामी सिधै आउने प्रयास गर्दै छौं सर । हामीले दुवै इन्जिन गुमायौं,’ एयर ट्राफिक कन्ट्रोलसँगको कुराकानीमा विमानका क्याप्टेनले भनेका थिए ।

विमानमा पन्जाब बैंकका अध्यक्ष जफार मसुद र २४ न्युज टेलिभिजनका कार्यक्रम निर्देशक रहेको थिए । मसुदको परिवारका सदस्यहरुले उनीको अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।

ए–३२० विमान कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटर बाहिरको आवासीय क्षेत्र मोडेल कोलोनीमा खसेको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार विमान स्थानीय समयअनुसार दिउँसो २.३० बजे दुर्घटनामा परेको हो ।

 

 

Share this news: