२०७७ जेठ १६ , शुक्रवार

निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

ट्रेन्डिङ

cabinet meeting

निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

सुनाखरी न्युज/ काठमाडौँ – सरकारले नेपालको संविधान संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभएको छ ।

 

सरकारले लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापसम्बन्धी व्यवस्था संशोधनको लागि संविधान संशोधन गर्न लागिएको हो । गएको सोमबार मन्त्रिपरिषदबाट पारित भएको नयाँ नक्सा गएको बुधबार सार्वजनिक गरिएको थियो ।

Share this news: