२०७७ जेठ १६ , शुक्रवार

कसैको गुलाम नभएको देश नेपाल

देश–प्रदेश

कसैको गुलाम नभएको देश नेपाल

अमित भट्ट/काठमाडौँ – वीर गोर्खालीको देश, अहिलेसम्म कुनै पनि मुलुकको गुलाम नभएको देश भनेर चिनिएको देश, नेपाल । आज आफ्नै जमिनको लागि लढ्दा, आज आफ्नै मिचिएको भु-भागको लागि लढ्दा यस्तो आरोप लगाउने हामीलाई ? केही भारतीय मिडियाहरु  जब नेपालको लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक भयो, तब देखि नै नेपाल देशप्रती खनिरहेका छन ??

 

के भारतले युद्ध चाहेको हो ??  कि भारतिय पत्रकारिताले पित पत्रकारिताको आडमा दुई देशको मित्रता भत्काउन लागेको हो ? नुनदेखी सुन सम्मको सम्बन्ध गासिएको भारत देशलाई हामि बाट चाहिएको के हो त ?? जमिन ?? युद्ध ?? के त भारतका अघि झुकेर, निरिह बनेर हामी नेपाली चुप बस्दैनौ ! भारत र भारतिय मिडियाहरुलाइ म के भन्न चाहान्छु भने, हामी नेपाली निहुरिन सक्छौ एकचोटी हैन ! हजार चोटि निउरिन सक्छौ तर आफ्नो हकको लागि, आफ्नो देशको लागि एकपटक पनि झुक्न सक्दैनौ ।

केही थान नेपालका नेताहरु भारतको गुलाम भए पनि म जस्ता हजारौ नेपाली आफ्नो मातृभूमिलाई केही हुदा टुलुटुलु हेरेर बस्न सक्दैनौ ।

जय देश,जय नेपाल
सञ्चारकर्मी – अमित भट्ट

Share this news: