२०७७ जेठ १८ , आइतवार

भारतिय दादागिरी बन्द गर, सार्बभौम नेपालको सम्मान गर

समाज

Kiran Giri

भारतिय दादागिरी बन्द गर, सार्बभौम नेपालको सम्मान गर

किरण गिरी/काठमाडौँ – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रीयता, स्वाधीनता र भु -अखण्डता प्रती दृढ रहदै सरकारले बनाएको नेपालको नयाँ नक्शा समर्थनमा राजेन्द्र महतो र सरिता गिरी बाहेक सिंगो मुलुक सरकारको समर्थनमा एक ठाउमा उभिएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओली लाई बधाई र धन्यवाद । छिमेकी मित्रराष्ट्र भारतले सदिऔ देखि नेपाल लाई एउटा असल छिमेकी होइन, अन्तर्गत छिमेकी को ब्यबहार गर्दै आइरहेको छ । पछिल्लो उदाहरण हो नक्शा प्रकरण पछि भारतीय मिडियाको नेपाल प्रती बीस बमन र अपमान जनक प्रस्तुति । प्रधानमन्त्री के पि शर्मा ओलीले जेष्ठ ५ गते मन्त्रीपरिषद बैठकबाट लिपुलेक ,लिम्पियाधुरा र कालापानी भारतले अतिक्रमण गरेको नेपाली भु भाग समेटेर नेपाल को नयाँ नक्शा सार्बजनिक गर्ने निर्णय गरे पछि परिस्थितिले नयाँ मोड लिएको छ । यतिबेला भारतीय मिडिया नेपाल बिरुवा प्रोपोगन्डा वार मा सामेल भएका छन ।

Nepal New#

भुटान बाहेक छिमेकी कसै संग पनि भारतको सुमधुर र सौहार्द संबन्ध रहेन । नेपालको संबिधान सभाले संबिधान घोषणा गरे पछि , उसको संबन्ध नेपाल संग औपचारिक मात्रै रहदै अएको महसुस गर्न सकिन्छ । उ नेपालमा संबिधान जारी भै राजनीतिक स्थिरता भएको हेर्न चाहादैन थ्यो भन्ने आम बुझाइ छ । नेपाल कम्युनिस्ट पार्टीले सुविधाजनक बहुमत ल्याएपछि मात्र प्रोटोकल नै नागेर तत्काल भारतीय बिदेश सचीव सुष्मा सोराज के। पि ओली र प्रचण्ड लाई भेट्न नेपाल नै आएकी हुन । जनमतको सम्मान गर्नु उसको बाध्यता थियो । नाकाबन्दी को तितो अनुभव बोकेको नेपाल र नेपाली लाई भु परिबेस्ठित हुनबाट जोगाउदै प्रधानमन्त्री के ।पि ।ओलीले चिन संग समुन्द्री नाका खोल्ने संझौता गरे पछि भारत भित्रभित्रै नेपाल सरकार संग क्रुद्ध भैरहेको थियो ।

गत नोभेम्बरमा भारतले कालापानी , लिपुलेख र लिम्पियाधुरा नेपाली क्षेत्रहरू ओगटेर दिल्लीमा भारतीय नक्शा सार्बजनिक गर्ने कामा गर्‍यो । त्यस बारेमा तत्काल बिरोध जनाउदै नेपालले संवाद गर्न समय माग गरेको थियो ,तर भारतले कुनै वास्ता गरेन । उसले त्यो भुमीमा राजा महेन्द्र को अनुमतिमा आज भन्दा ५८ बर्ष अघि सेना राखेको इतिहासले बताउछ । गत बैशाख २६ गते नेपाली भुमि हुँदै भारत बाट चिन को मानसरोवर जाने ९५ किलोमिटर लामो भारत द्वारा निर्माण गरिएको सडक उद्घाटन गरे पछी नेपालले आफुलाइ हेपिएको र भारत द्वारा हस्तक्षेप गरिएको महसुस गर्नु स्वाभाविकै हो ।नेपालले आफ्नो भुमी समेटेर नयाँ नक्शा सार्बजनिक गर्नुको कारण भारतको हेपाह प्रबृत्ति नै प्रमुख हो भनेर बुझ्न सकिन्छ ।

अहिले नेपाल सरकारले आफ्नो सो क्षेत्र समेटेर नक्शा सार्बजनिक गरेपछि भारत मर्माहत हुन पुग्यो । नेपालको इतिहासमा प्रधानमन्त्रीस ओलीको यो कदमलाइ सहासिक र सर्बाधिक प्रसंसनिय कदमको रुपमा हेरिएको छ । प्रधानमन्त्रीको यो कदमले नेपालमा रास्ट्रबादी र भारत बिरोधी मनोभावना लाई प्रस्ट संबोधन गरेको पाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले पनि यो कदमको स्वागत र समर्थन गरेबाट सरकार को यो कदम प्रती सिंगो मुलुक एक ठाउमा उभिएको पाइयो ।यस घटना बाट सार्बभौम नेपाल अब भारतको कुनै पनि दबाब र अपमान सहन तयार छैन भन्ने कुरा पुष्ठि भएको छ । आफ्नो गल्ती कमजोरी लाई स्वीकार नगरी भारतले नेपाल द्वारा सार्बजनिक गरिएको नक्शा भारतलाइ स्विकार्य छैन भन्ने धारणा सार्बजनिक गरेको छ ।

 

भारत भन्छ :
नेपालले भर्खर जारी गरेको नयाँ नक्सामा भारतको भू भाग समेटेको छ । यस कार्यको कुनै ऐहिासिक दस्तावेज तथा प्रमाण रहेको छैन । यो दुई देशविचको सिमानाको भूभासम्बन्धी मुद्दा कुटनीतिक तहबाट समाधान गर्ने आधार तय गर्नुृपर्छ । यो कृतिम रुपमा भू भाग समेट्ने कार्य भारतलाई स्वीकार हुने छैन । यस विषयलाई लिएर भारतको यथास्थिती नेपाललाई स्पष्ट रुपमा जानकार रहेको छ तसर्थ नेपाल सरकारलाई यो एकतर्फी दावी फिर्ता लिएर भारतको सार्वभौमिकता तथा अखण्डतामा ख्याल गर्न आग्रह गर्दछौं । नेपालको राजनीतिक नेतृत्वले कुटनीतिक माध्यबाट सिमाको विषयमा संवाद गर्ने वातावरण निर्माण गर्नेमा हामी विश्वस्त छौँ । भनेर भारतले नेपाल लाई धम्की को भाषा प्रयोग गरेको छ ।

 

राष्ट्रीयता, भु अखण्डता र राष्ट्रीय स्वधिनताको पक्षमा सरकार द्वारा गरिने हरेक निर्णयमा सिंगो मुलुक एक ठाउमा उभिने छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्बभौम सत्ता र स्वाधीनता कसैको दबाब र अपमान सहदैन र सहन सक्दैन ।नेपाल को सार्बभौमसत्ता , रास्ट्रीय स्वधिनता र भु -अखण्डताको लागि हामी कुनै मूल्य चुकाउन तयार छौ ।

 

लेखक – पत्रकार एबं राप्रपा केन्द्रिय नेता हुन ।

Share this news: