२०७७ जेठ १६ , शुक्रवार

सडक दुर्घटनामा परी १३ जनाको मृत्यु

विश्व-प्रवास

सडक दुर्घटनामा परी १३ जनाको मृत्यु

सुनाखरी न्युज/ ढाका –
बङ्गलादेशमा अनुसार ट्रक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको गैबान्धा जिल्लामा मालबहाक ट्रक सडकबाट तल खसेको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहीबार विहानको समयमा दुर्घटना भएको र दुर्घटनास्थल राजधानी ढाकादेखि २६८ किलोमिटर टाढा रहेको जनाइएको छ ।

 

दुर्घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ । उनीहरु इद उल फितर मनाउन राजधानी ढाकादेखि आफ्नो घरतर्फ जादै थिए ।“दुर्घटनामा परी १३ जनाको घटनास्थलमै मृत्यु भएको छ,” गैबान्धाका प्रहरी प्रमुख मोहम्मद तोव्हीडुल इस्लामले जानकारी दिनुभयो ।

 

चालकको कमजोरीका कारण ट्रकले नियन्त्रण गुमाएकोले दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुको भनाइ छ ।  बीबीसी

Share this news: