२०७७ जेठ १६ , शुक्रवार

लकडाउनको स्वरुप फेर्दै सरकार, आवश्यक तयारीकालागि गृहकार्य शुरु, ठाउँहेरेर लकडाउन लचिलो वनाइने

सुनाखरी विशेष

Health#

लकडाउनको स्वरुप फेर्दै सरकार, आवश्यक तयारीकालागि गृहकार्य शुरु, ठाउँहेरेर लकडाउन लचिलो वनाइने

सुनाखरी न्युज-
सरकारले कोभिड १९ को महामारिवाट दुई महिनादेखि निरन्र जारी लकडाउनको स्वरुपमा परिवर्तन गर्ने उएको छ । लकडाउनकाकारण माहामारीको भयका वीच थप जटिलता आउन थालेकोले त्यसको स्वरुप वदल्न लागिएको स्वास्थ्यमन्त्री भानुभक्ता ढकालले बताएका हुन् । यसकालागि आवश्यक गृहकार्य भैरहेको उनले बताएका छन् ।

कोभिड–१९ बाट मुलुकमा ४५० जनाभन्दा बढी संक्रमित भएका छन् भने तीन जनाको मृत्युसमेत भइसकेको छ । अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीहरू नै संक्रमणको उच्च जोखिममा परिरहेका छन् । संक्रमण रोकथाम, स्वास्थ्य परीक्षण, उपचार र स्वास्थ्य सामग्री व्यवस्थापनका सम्बन्धमा भइरहेका छन् ।

ढकाल भन्छन्, ‘हामीले जनस्वास्थ्य विदहरुसँग पनि सल्लाह गरेर यसलाई खुकुलो बनाउँदै लैजानुपर्छ भन्ने सोचमा हामी पुगेका छौं । अब भ्याक्सिन छैन, त्यसैले संक्रमण देखिए आइसोलेसनमा बस्ने हो, गाह्रो भए अस्पताल जाने हो र धेरै नै गाह्रो भए भेन्टिलेटरको साहयता लिने हो । त्योभन्दा अर्को केही कुरा त विकास भएको छैन । झट्ट हेर्दा यसलाई घाम–पानी–जाडोले पनि केही फरक पार्ला जास्तो देखिएन । त्यसैले दैनिक जीवनको कुरालाई पनि कसरी सहज बनाउँदै जाने भन्ने योजनामा गृहकार्य भइरहेको छ ।’

 

 

‘अब भोलीको दिनमा संक्रमितहरुको संख्या बढ्यो भने पनि विज्ञहरुका अनुसार ८० प्रतिशतलाई त उपचार नै चाहिँदैन, १५ प्रतिशतलाई अक्सिजनसम्म चाहिन सक्छ र बाँकी ५ प्रतिशतलाई मात्र आईसीयू वा भेन्टिलेर नै चाहिन सक्छ ।  बिरामी हरुको संख्या बढ्यो भने  त्यसपछि सबैलाई अस्पताल ल्याइँदैन । हामीले २ हजारभन्दा बढी संक्रमित देखियो भने कुनै लक्षण नै नदेखिएका संक्रमितलाई अस्पतालमा नराख्ने प्रोटोकल नै बनाएका छौं । त्यसैले संख्या बढ्दै गएपछि हाम्रो योजना र नीति पनि परिवर्तन हुँदै जान्छ । उच्च जोखिममा भएकाहरुलाई पहिलो प्राथमिकता र कम जोखिम भएकालाई सोही अनुसारको प्राथमिकतामा राख्दै अगाडि बढ्छौं ।’

 

‘हामीले जेठ ५ गते लकडाउन समाप्त हुनै लाग्दा ४ गते विभिन्न विज्ञ चिकित्सक तथा विज्ञहरुसँग छलफल गरेका थियौं । बाहिरको अवस्था के छ, उहाँहरुको बुझाइ कस्तो छ भन्ने हिसाबमा । हाम्रो जस्तो देशमा नआउँदा त यस्तो अवस्था छ आइसकेपछि के हुन्छ त्यो कुरा गरे जतिको सजिलो छैन । हामीले म्यापिङ गर्ने विषयमा पनि कुरा गरेका थियौं । त्यसबेला म्यापिङ गरेको भए सिन्धुपाल्चोक कहाँ पथ्र्यो ? त्यसैले ग्रीन जोनमा भएको क्षेत्र कुनैपनि बेला रेड हुनसक्छ र रेड भएको यल्लो हुनसक्छ भन्ने बुझाइ हाम्रो छ ।’ ढकालको कान्तिपुरमा छापिएको अन्र्तवार्ताको अंश ।

 

 

Share this news: