२०८० चैत्र १५ , बिहिवार

चूडामणि पौडेललाई सचिवमा बढुवा

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

चूडामणि पौडेललाई सरकारले विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदले २३ भदौमा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । उनी हालसम्म सोही पदमा कायम छन् ।अब सचिव बढुवा भएसँगै उनको पदस्थापन पनि कर्णालीमै हुने छ ।

पौडेल यसअघि २ पटक सचिव बढुवा सिफारिसमा परिसकेका थिए । उनी सिफारिस हुँदा एकपटक दिनेशकुमार घिमिरे र अर्को पटक राधिका अर्याल सचिवमा बढुवा भएकी थिइन् ।