२०७७ जेठ १६ , शुक्रवार

अन्तर्राष्ट्रिय सिमानाका र हवाई उडानमा लगाइएको प्रतिबन्ध जेठ मसान्तसम्म लम्ब्याउने निर्णय

पर्यटन-घुमफिर

NAC#

अन्तर्राष्ट्रिय सिमानाका र हवाई उडानमा लगाइएको प्रतिबन्ध जेठ मसान्तसम्म लम्ब्याउने निर्णय

 

सुनाखरी न्युज-

सरकारले जेठ अन्तिमसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाका र हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ ।

 

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

 

जेठ २० गतेसम्म लकडाउन लम्बिरहेको बेला सो समितिले हवाई उडानलाई जेठ मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो ।

Share this news: