२०७७ जेठ १६ , शुक्रवार

आर्थिक पत्रकारहरुको कोरोना वीमा

बीमा

photo (2)

आर्थिक पत्रकारहरुको कोरोना वीमा

सुनाखरी न्युज-
नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना वीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल). लिमीटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो । सेजनले आफ्ना प्रत्येक सदस्यहरुको पचास हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना वीमा गराएको छ ।

बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखीम हुनेछ ।
युनाईटेड इन्स्योरेन्सले यस बन्दावन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमवाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, वीमा अग्नी वीमा, इन्जीनियरिङ्ग वीमा, कृषि तथा पशुपन्छी वीमा लगाएतका वीमा लेखहरु जारी गर्दै आएको छ ।

Share this news: