२०७७ जेठ १८ , आइतवार

कोरोना भाइरसको महामारीले ब्यवसायमा उब्जाएको प्रश्न

सुन–चाँदी

M1

कोरोना भाइरसको महामारीले ब्यवसायमा उब्जाएको प्रश्न

मोहन कुमार सुनार-
विश्व अहिले कोरोना भाइरसको महामारिवाट आतंकित भएको छ । चीनको वुहान प्रान्तबाट सुरू भएको यो कोराना भाइरस (कोभिड–१९) हाल चीनमा नियन्त्रणमा आइसकेको भएपनि युरोप, अमेरिका र मध्य पूर्वमा यो तीव्र दरले फैलिएको छ भने एशियन मुलुकरुमा पनि यो फैलनेक्रममा छ । नेपालमा यो लेख तयार गर्दासम्म २ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण को पुष्टि भैसकेको छ । यो कोरोना भाइरसको संक्रमण ब्यापकरुपमा फैलिन थालेमा त्यसको नियन्त्रण भने नेपालको क्षमता भन्दा बाहिरको कुरा हुनजान्छ । त्यसैले कोरोना भाइरसको संक्रमण हुन नदिन र भए पनि त्यसलाई फैलन नदिन नेपाल सरकारको जति भूमिका रहन्छ, त्योभन्दा बढी हामी सबैको रहन्छ । हामी पनि उत्तिकै सजग र सतर्क रहनु पर्दछ ।

 

यो कोरोना भाइरसको संक्रमण ब्यापकरुपमा फैलिन थालेमा त्यसको नियन्त्रण भने नेपालको क्षमता भन्दा बाहिरको कुरा हुनजान्छ । त्यसैले कोरोना भाइरसको               संक्रमण हुन नदिन र भए पनि त्यसलाई फैलन नदिन नेपाल सरकारको                         जति भूमिका रहन्छ, त्योभन्दा बढी हामी सबैको रहन्छ । हामी पनि                           उत्तिकै सजग र सतर्क रहनु पर्दछ ।

कोरोना भाइरसले हाम्रो समाजको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पार्ने निश्चित छ । केही प्रभाव परिसकेको पनि छ । त्यसैले कोरोनाको रोकथाम र यसले हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न हाम्रा सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ । हामीले सामाजिक उत्तरदायित्व जति कुशलतापूर्वक निर्वाह गर्नेछौँ, त्यति सहजै हामीले कोरोना भाइरस संक्रमण तथा यसका संभावित सामाजिक, आर्थिक, सांस्कृतिक प्रभावहरु न्यूनीकरण गर्न सक्नेछौँ ।

 

 

अहिले बिश्वका २ सय २० वटा देशका करीब ४० लाख ब्यक्तिहरु कोरोना संक्रमित भई सकेका छन् भने ३ लाख भनद बढीको मृत्यु यो भाइरसका कारण भई सकेको छ । नेपालमा पनि २०७६ सालको चैत ११ गते देखि लकडाउन गरिँदै आएको छ । यो भाइरसको प्रकोपलाई कम गर्न र संक्रमण बढ्न नदिन अत्यावश्यक सेवाका बाहेक अन्य ब्यवसाय, उद्योग, कलकारखानारु सबै बन्द गरिएका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएका छन् । सारा विश्व नै लकडाउनको अवस्थामा बन्द भएर बसेको अवस्था छ । सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको छ ।

अन्य क्षेत्रमा जस्तै सुनचाँदी ब्यवसायको क्षेत्र पनि कोरोनाको प्रकोपवाट अछुतो रहनसक्ने कुरा भएन । विश्वको सुनचाँदी बजारमा सुनचाँदीको मूल्यमा आएको उतार चढाव र डलरको मूल्यमा आएको बृद्धिले नेपालमा सुनचाँदीको मूल्यमा ऐतिहासिक बृद्धि भएको यो बर्षको अन्त्यमा कोरोनाको प्रकोपाले झनै समस्या ल्यायो । लामो समयको लकडाउनका कारण अधिकांश कालिगढहरु र कर्मचारीहरु आआफ्नो परिवारको सुरक्षालाई मध्येनजर गरि घर गईसकेको अवस्था छ । ब्यवसाय संचालन गर्न र ती कर्मचारी, कालिगढहरुलाई पुनः काममा फर्काउन निश्चित पनि केही समय लाग्ने अवस्था छ । ब्यवसाय बन्द भएता पनि घरभाडा, बैंकको ब्याज अनि किस्ता, कर्मचारीहरु र कालिगढहरुको तलब तथा अन्य खर्चहरुको निरन्तरताले सुनचाँदी ब्यवसायीहरु अत्यन्तै मर्माहत भएका छन् ।

कोरोनाको डरलाग्दो महामारीमा ब्यवसायीहरु कोही पनि नपरुन, परि हालेको खण्डमा स्वास्थ्यको सुरक्षा गर्न महासंघ, जिल्ला तथा नगर संघहरुले बिशेष पहल गरि अस्पताल, औषधि उपचार र अन्य राहतको ब्यवस्था गर्नका लागि आफ्नो हात अगाडी बढाउनु पर्दछ । यसकालागि महासंघ तयार पनि छ । स्थानीय निकायहरुसँग समन्वय गरि स्वास्थ्यसँग सम्बन्धित सुरक्षाका उपायहरु अपनाउन बिशेष पहल गरिनु पर्दछ ।

सिङगो बिश्वमा फैलिएको यस कोरोना भाइरसको कारणले विश्वभरिमा खरबौं डलरको आर्थिक क्षति हुने आँकलन गरिएको छ । एसियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व अर्थतन्त्रमा आउने आर्थिक मन्दीका कारण ५८ देखि ८८ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने उल्लेख गरेको छ । प्रतिवेदन अनुसार चीनले मात्रै १६ खर्बसम्म गुमाउन सक्ने देखिएको छ भने एसिया क्षेत्रमा १७ देखि २५ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने अनुमान गरीएको छ । एडीबीले कोरोना भाइरस महामारीको अनुमानित प्रभावको प्रतिवेदनका आधारमा यस्तो जानकारी दिएको हो ।

 

 

त्यसको क्षति न्यूनीकरण गर्नका लागि बिभिन्न देशहरुले आआफ्नो क्षमता अनुसार राहत प्याकेजहरुको घोषणाह भई रहेको सन्दर्भमा नेपाल जस्तो गरिब र सानो मुलुकले पनि आफ्नो क्षमताले भ्याउने र भर्खर बिकास हुँदै गरेको अर्थतन्त्रको सुरक्षा र क्षति न्यूनीकरणका लागि उचित आर्थिक राहतको ब्यवस्था गरिनु पर्दछ । सुनचाँदीको क्षेत्रमा समेत दुई महिनाको लकडाउनबाट अरबौं रुपैयाँको आर्थिक नोक्सानी रहने अनुमान छ । यसमा आश्रित ब्यवसायी, कर्मचारी, कालिगढह?को संख्या र आश्रित परिवार समेत लगभग १५ लाख जनसंख्यालाई मध्येनजर गरि बिभिन्न कर छुट, ब्याज छुट, सहज र न्यून ब्याज दरको कर्जाको ब्यवस्था, रोजगारीको सुरक्षा जस्ता राहतको ब्यवस्था गर्न आवश्यक छ । यो भाइरसको असर सामान्य हुनका लागि राहत प्याकेजको ब्यवस्था जति छोटो समयमा गर्न सकियो त्यति थोरै नोक्सानी अर्थतन्त्रमा पर्ने भएकोले यसमा बिशेष प्रयास हुनु पर्दछ । नेपालमा रहेका सुनचाँदी ब्यवसायीसँग सम्बन्धित सबै महासंघ अन्तर्गतका सबै संघहरुलाई यस बिषम समयलाई गम्भिर रुपमा लिंदै यही अवधारणा अनुसार परिचालित गरिनु पर्दछ ।

कोरोना महामारीको प्रभावबाट सुनचाँदी ब्यवसायमा उत्पन्न हुने बिशेष परिस्थितिको सामना गर्न ब्यवसायी, आम उपभोक्ता एवं नेपाल सरकारले सुझबुझको साथ उपयुक्त बिकल्प तय गर्नु आजको अपरिहार्य आवश्यकता रहेको छ । बिश्वब्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनले गर्दा बन्द भएका सेवा, उद्योग,पसलहरू क्रमशः खुल्ने क्रममा छन्। यही नै क्रममा सुनचाँदी पसलरउद्योग पनि निकट भविष्यमा मै खुल्ने अपेक्षा हामीले लिएका छौं। महासंघले बिपत्तिको यस घडीमा थोरै भएपनि सामाजिक उत्तरदायित्व आत्मसात गर्दै नेपाल सरकारलाई रु १५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ । थप रु २५ लाख देशभर सक्रिय रुपमा राहत बितरण कार्यमा संलग्न ६२ वटा जिल्ला तथा नगर संघलाई आंशिक आर्थिक सहयोगको लागी पठाइने छ।

 

महासंघले बिपत्तिको यस घडीमा थोरै भएपनि सामाजिक उत्तरदायित्व आत्मसात गर्दै नेपाल सरकारलाई रु १५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ । थप रु २५ लाख देशभर सक्रिय रुपमा राहत बितरण कार्यमा संलग्न ६२ वटा जिल्ला तथा नगर संघलाई आंशिक आर्थिक सहयोगको लागी पठाइने छ।

 

कोरोना भाइरस महामारीको कारण सुनचाँदी ब्यवसाय पनि चर्को रुपमा प्रभावित भएको छ। करिव ६०।अर्ब लगानी रहेको यो क्षेत्रलाई निरन्तरता दिन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको आवश्यकता रहेको छ। किनभने बिगत नौ महिनादेखि सुनको भाउकोउच्च वृद्धिको कारण उत्पन्न मन्दीले सुनचाँदी ब्यवसाय थिलोथिलो भएको छ। गत २ महिनादेखिको बन्दले त झन संकट्ग्रस्त भएको छ।

Share this news: