२०७७ जेठ १६ , शुक्रवार

सामसङको ग्यालेक्सी ए ५१ बिश्वकै नम्वर १ स्मार्टफोन

सञ्चार - प्रबिधि

samsung-galaxy-a51-price-in-nepal-6565456465545

सामसङको ग्यालेक्सी ए ५१ बिश्वकै नम्वर १ स्मार्टफोन

 

काठमाडौं –

सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोन सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विगतमा जस्तै पहिलो स्थान (१ नम्वर) मा नै कायम रहन सफल भएको छ । विगत लामो समयदेखि आफूलाई बिश्वकै अत्याधिक विक्री हुने एन्ड्रोइड स्माट फोनकोरुपमा उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यो बर्ष पनि आफ्नो स्थान पुरानै स्थानमा सुरक्षित राख्न सफल भएको हो ।

यस अवघिमा रिडमी, साओमी लगायतका अन्य प्रतिष्पर्धी मोवाइलहरु सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोनको तुलनामा निकैपछि देखिएका छन् । सामसङ कम्पनिले यो अवधिमा विश्वभरमा ६० लाख भन्दा बडीको संख्यामा यो मोवाइल विक्री भएको जनाएको छ ।

एक अध्ययन अनुसार सामसङको ग्यालेक्सी ए ५१ फोर जी स्मार्ट फोन बिश्व बजारमा २ दशमलव ३ प्रतिशत बजार हिस्स ओगटेको छ । सो अध्ययनले रिडमी दोस्रो स्थानमा रहन सफल भएको जनाएको छ ।

सो अध्ययन अनुसार रिडमीको बजारहिस्सा १ दशमलव ९ प्रतिशत छ । तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ । जसको बजार हिस्सा १ दशमलव ७ प्रतिशत छ । सो अध्ययनले चौथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रिमडी नोट ८ रहेको देखाएको छ । यी दुवैको बजारहिस्सा १ दशमलव ६ प्रतिशत छ ।

Share this news: