२०७७ जेठ १८ , आइतवार

कर्णाली प्रदेशका कालिगढ र मजदुरलाई राहत वितरण, रौतहटमा पनि वाँडियो

सुन–चाँदी

ramji

कर्णाली प्रदेशका कालिगढ र मजदुरलाई राहत वितरण, रौतहटमा पनि वाँडियो

सुनाखरी न्युज-
नेपाल सुनचाँदी ब्यवासयी महासंघले कर्णाली प्रेदेशमा रहेका कालिगढ तथा मजदुर एवं विपिन्न परिवारलाई राहत वितरण गरेको छ । महासंघको नीति अनुसार कोरोना महामारिका कारण समस्यामा परेका त्यस क्षेत्रका कालिगढ, कामदार, कर्मचारी, असहाय लगायतलाई राहत वितरण गरिएको महासंघका केन्द्रिय उपाध्यक्ष एवं कर्णाली प्रदेशका संयोजक रामजि शाहले वताउनुभयो ।

 

 

रौतहटमा पनि वाँडियो राहत
उपाध्यक्ष शाहका अनुसार रौतहमा पनि कालिगढ एवं कर्मचारीहरुलाई राहत वितरण शुरु गरिएको छ । यो क्रम जारीरहेको उहाँले बताउनुभयो । विभिन्न संघ संस्था र नगरपालिकासँग समेत समन्वयनगरी त्यस क्षेत्रका गरिव, असहाय, दिनदुःखि लगायतलाई समेत सहयोग गरिएको उहाँले बताउनुभयो ।

Share this news: