२०७७ जेठ १८ , आइतवार

निशान भट्टराईको श्वरमा मार्मिक राष्ट्रीयता बोकेको गीत “माटोलाई भुल्दीन” बजारमा

मनोरञ्जन

निशान भट्टराईको श्वरमा मार्मिक राष्ट्रीयता बोकेको गीत “माटोलाई भुल्दीन” बजारमा

सुनाखरी न्युज/काठमाडौं – डिलाईटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहार्ल परीश्रमी को रचनामा रहेको गीत संसार जितेर गएनी माटोलाई भुल्दीनको म्युजिक भिडियो सार्बजनिक भएकोछ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा लोकप्रीय गायक निशान भट्टराईको मार्मिक श्वर रहेकोछ । लोकप्रिय संगीतकार लक्ष्मण शेषले यस गीतमा संगीत दिनु भएकोछ । संगीत उतिकै मनछुने रहेको छ ।

 

गीतले देशको माटो र मातृभूमि नेपालको बारे मर्म पोखेको छ । बिगत देखिको देशको सिमा अतिक्रमण अब समाधान गर्नु पर्छ । कालापानी, लिपुलेक लगायतका बिबादहरुको नेपालको हितमा हुने गरी समाधान हुनुपर्छ । जातीय छुवाछुतका बिरुद्घमा पनि गीत निकै ससक्त बनेको छ । अहिलेसम्म कसैको उपनिबेस हुनु नपरेको पूर्खाहरुको ठूलो मेहनेतले बनेको यो भूमिको रक्षा गर्नु हाम्री सबै नेपालीको कर्तब्य भएको छ । यिनै देश प्रेमका भावना, जताभातका नाममा कसैमाथि हेलाहोचो गर्न नहुने सन्देशहरु गितले उजागर गरेको छ ।

 

यो गीत बास्तबमै जति धेरै सुन्यो त्यति कर्णप्रिय बनेको देखिन्छ । गीतकार परीश्रमीका अनुसार आफ्नो मातृभुमिलाई कोरोना कहरले बढि सम्झाएको र देशको माटो कहिल्यै भूल्नु हुदैन भन्ने कुरा गीतले बोलेको छ । सबैले यस गीतलाई सुनेर सल्लाह सुझाव उपलब्ध गराई दिन गीतकारले सबैलार्य अनुरोध पनि गरेका छन् ।

Share this news: