२०७७ जेठ १८ , आइतवार

साधन-श्रोतमा भ्रष्टाचार गर्ने चरित्र वर्तमान सत्ता पक्षको मुल विषेषता हो: डा. प्रकाशचन्द्र लोहनी

अन्तर्वार्ता

Lohani

साधन-श्रोतमा भ्रष्टाचार गर्ने चरित्र वर्तमान सत्ता पक्षको मुल विषेषता हो: डा. प्रकाशचन्द्र लोहनी

पुर्व अर्थ तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेपाली राजनीतिको मात्र नभई आर्थिक क्षेत्रका समेत चर्चित ब्यक्ति हुन् । राजसंस्था सहित को प्रजातन्त्र को पक्षधर उनी भ्रष्टाचार विरोधी अभियानमा समेत सक्रिय छन् । डा. लोहनी उनी २०३८,२०४२,२०४८,२०५१, मा नुवाकोट वाट निर्वाचित भएका थिए । पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय डा. लोहनीले अन्य मन्त्रलायका साथै अर्थमन्त्री, संसदीय समितिका प्रमुख लगायत धेरै जिम्मेवारीहरू बहन गरेका छन्। सरकारले हालै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको विद्यमान अवस्थामा आगामी बजेट र त्यससश्ँग सम्वद्ध विभिन्न पक्षमा आधारितरही डा.  लोहनीसँग सुनाखरी न्युजकालागि शिव दुवाडीले गरेको कुराकानीको संक्षेप:

 

सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो ?

यसमा नीति थोरै र कार्यक्रम हर धेरै छ। विभिन्न मन्त्रालय हरु ले जे लेखेर पठाए त्यसलाई जोडेर र कुनै सम्पादन नगरेर राखिदिएको छ ।झारो टार्ने काम भएको छ । भ्रस्टा चार रोक्ने कुरो हासो लाग्दो छ। बिरामी को लागि औषधि किन्दा समेत बेइमानी गर्ने हरुले भ्रस्टा चार रोक्छु भन्नु जनता ठग्नु हो । कारोना बाट थलिएको अर्थतन्त्र बारे चिन्तन र यसको नेपाली जनता को जनजीबन मा परेको प्रभाव र समाधान बारे गम्भीरता छैन सायद त्यसैले होला हजारौ सिमाना मा रोकिएका नेपाली बारे कुनै चिन्ता छैन । बिगत दुइ बर्ष को सरकारी काम हेर्दा यो आउने बर्ष सुधार होला भनेर आसा गर्ने ठाउँ छैन। लुट र भ्रस्टाचार रोकिने छैन । नेपाल को सिमाना तय गर्दा प्रमाण र नक्साको आधारमा अड्ने प्रतिबद्धता स्वागतयोग्य छ । यो बुदा मा राप्रपा को पुरा समर्थन रहनेछ र मलाई लाग्छ सबै नेपाली को समर्थन रहनेछ ।

 

 

वजेट कस्तो हुनु पर्छ ?
दक्षिण एसियामा कर तथा राष्ट्रिय उत्पादन को मापदण्ड अनुसार सवैभन्दा धेरै कर तिर्ने नेपाली जनता हुन।यसरि जनताले तिरेको कर( राजस्व को दुरुपयोग नेपाली अर्थतन्त्रको विषेसता भयको छ।यसमा परिवर्तन आवस्यक भयको छ।यसको लागि खर्च सम्वन्धि अध्ययन गर्न गठित उच्चस्तरीय कार्यदलको सुझावहरु लागु गर्नु पर्छ।

वजेटको प्रथामिकताको क्षेत्र कुन कुन हुन आवश्यक छ ?

वजेटले खाध्य सुरक्षा, उर्जा सुरक्षा, रोजगारी वृद्धि र संकटमा परेको निजि क्षेत्र लाइ विषेश ध्यान दिनु पर्दछ।

वजेटको आकार वारे यहाँको धारणा के छ ?
वजेटको आकार कति गर्ने भन्ने कुरा न्युनतम वित्तीय घाटा र विदेशी मुद्रा क‍ो संचितिमा नकारात्मक प्रवाभ नपर्ने मापदण्ड वमोजिम निर्धारण गर्नु पर्दछ।

बजेट निर्माणकाक्रममा यहाँहरु जस्तै पुर्व अर्थमन्त्रीहरुसँग सरकार वा अर्थमनत्रीले सरसल्लाह गर्ने गर्नुभएके छ कि छैन ?

पुर्व अर्थमन्त्री को ह‌ैसियत ले म संग यो सरकार र अर्थमन्त्री ले कुनै सुझाव मागेको छैन। स्वघोषित अग्रगामि र क्रान्तिकारी सरकार ले सायद सल्लाह आवस्यक ठानेन होला।

यहाँ त अर्थमन्त्रालयको पनि वागडोर सम्हालिसकेको मान्छे, राजनीति र वजेट को सम्वन्ध कस्तो हुन्छ ?

 

आर्थिक निति निर्माण योजनाको छनोट र कार्यन्वयनको कुसलता राजनीतिक अठोट

र नेतृत्वमा वस्ने नेताहरुको जनताप्रति उत्तरदायित्व र अनुसासन ले निर्धारण गर्दछ।

यस्ता गुणहरु म अहिले को सरकारमा देख्दिन।

 

विगतमा पनि वजेट भाषण राम्रै भयका हुन तर कार्यान्वयन भयनन। वजेट विनियोजन हचुवा तरिकाले गर्ने र साधनश्रोतमा भ्रष्टाचार गर्ने चरित्र वर्तमान सत्ता पक्षको मुल विषेषता हो। यसमा आमुल परिवर्तन गर्न सरकार तयार नहुने हो भने कोविड १९ ले श्रृजना गरेको गिरदो आर्थिक संकट ले आगामि दिनहरुमा ठुलो समस्या श्रृजना गर्नेछ।

स्थिरता र विकासमा नेपाल पछि पर्नाको कारण के हो ?

नेपालको किन विकास हुन नसकेको भन्ने प्रश्नको उत्तरमा अस्थिर सरकारलाई सधैं एउटा कारकका रूपमा देखाइएको थियो । जब सरकार अस्थिर हुन्छ, सत्तामा हुनेहरूमा जेजति समय शासन उपलब्ध छ, त्यो बेला जति सकिन्छ कमाऔं भन्ने मनस्थिति हावी हुने भएकाले जनताको हितको उपेक्षा हुने तर्क राखेर त्यस्तो जवाफ आउने गरेको थियो । पछिल्लो आम चुनावमा जनताले यो अवस्थाको अन्त्य गरे । नेकपाको पाँचवर्षे स्थिर सरकार आयो । सरकारले अब पाँच वर्षका लागि ढुक्कसँग काम गर्न पाउने भयो । कमजोर र भलादमी प्रतिपक्ष र जनताको नयाँ उत्साहले सरकारलाई वातावरण झन् सहज बनाइदिएको थियो । तर, यतिन्जेल सरकारको राजनीतिक र शासकीय गतिविधि हेर्दा राजनीतिक स्थिरता समृद्धिका लागि सायद आवश्यक सर्त भए पनि पर्याप्त हुँदो रहेनछ भन्ने प्रस्ट भएको छ ।

कोभिड १९ पछि नेपालको भविष्य कस्तो देख्नु भएको छ ?

कोभिड–१९ को प्रकोपले हरेक नेपालीलाई देशको भविष्यप्रति चिन्तित तुल्याएको छ । माफियातन्त्र–उन्मुख शासनशैलीले राज्यस्रोतको दोहन गर्न सक्छ, जनता र विरोधीलाई तर्साउन र कजाउन प्रयास गर्छ तर जनतामाथि परेको यस्तो महामारीको पीडामा अर्जुनदृष्टि राखेर काम गर्न भने सक्दैन । लकडाउनको डेढ महिनाभन्दा बढी भइसक्यो तर कुनै पनि क्षेत्रका लागि प्रभावकारी राहतको योजना ल्याउने प्रयाससम्म भएको छैन । राजनीतिक रूपमा सरकार यति कमजोर छ, माननीयहरूलाई दिने भनेको अर्बौंको रकम अब मजदुर, किसान र गरिबका लागि रकमान्तर गर्छौं भन्ने साहससम्म गर्न सकेको छैन । उल्टो आफ्नो अकर्मण्यताको कारण देशको राजनीतिमा मित्रराष्ट्रहरूको खुलेआम संलग्नताको स्थिति बनाएर नेपालको परराष्ट्र नीति सञ्चालनमा अहिलेसम्म कायम गर्न खोजिएको रणनीतिक सन्तुलनलाई समेत भताभुंग पार्न लागेको छ ।

देशमा यत्रो महामारीको स्थिति छ । प्रहरी प्रशासन प्रयोग गरेर लकडाउन गर्नेसिवाय अरू प्रतिरोधात्मक र उपचारात्मक तयारी नगण्य छ । संक्रमण रोक्न टेस्टिङको संरचनाबारे ध्यानै दिइएको छैन । महामारी फैलिएमा उपचारात्मक संरचनाको तयारीबारे खासै छलफल छैन । वर्तमान संकटबाट कसरी पार पाउने, जनताको घाउमा मल्हमपट्टी लगाउने र भविष्यका लागि कुन बाटो तय गर्ने भन्ने प्रश्न गौण हुन गएको छ । एउटा ठेकेदारलाई नियमविपरीत ठेक्काको निरन्तरता दिलाउन मन्त्रिपरिषद् तयार हुन्छ, तर नागढुंगामा होस् या विदेशमा, रोकिएका नेपालीहरूलाई सेवा दिन निष्क्रिय छ ।

ओली सरकारलाई अझै बाटो सच्याउने समय छ । प्रधानमन्त्रीले अरूलाई गाली गर्नुभन्दा पहिले हालसम्म बोकेर हिँडेको राजनीतिक, आर्थिक र शासकीय मूल्यमान्यताबारे आत्मसमीक्षा गर्ने आँट देखाउनु जरुरी छ । तर, आफ्नो प्रशंसा नगरेको भनी पत्रकारहरूमाथि आक्रोश पोख्ने व्यक्तिबाट यस्तो हुने सम्भावना न्यून छ । यो परिस्थितिमा ‘सुख र समृद्धि’ को नारामा चलखेल गर्न सत्ताधारी, दलाल पुँजीपति र नवसामन्तवादी तत्त्वहरूलाई ठूलो मौका मिल्नेछ । योसँगै नेपालको भविष्य जोखिमपूर्ण हुँदै जानेछ ।

 

 

सरकारले सुखी र समृद्ध नेपालको नारा रगड्दै आएपनि त्यस अनुसार काम हुन सकेको छैन । किन होला ?

ओलीको ‘सुखी र समृद्ध’ नेपालको नाराबारे हामीले दुइटा प्रश्न गर्नु जरुरी हुन्छ । यो ‘सुखी र समृद्ध’ नेपालमा को सुखी हुने र को समृद्ध हुने रु यो सुखी र समृद्धि कसका लागि रु निश्चय पनि उत्तर आउला— सबै नेपालीका लागि । तर प्रश्न छ— के सबै नेपाली सुखी र समृद्धिको मार्गमा छन् रु या, धेरैका नाममा थोरैले शोषण र अत्याचार गरिरहेछन् र देशलाई अराजकतातिर धकेलिरहेछन् रु कोभिड–१९ को विश्वव्यापी महामारीमा देखिएको राजनीतिक पाखण्ड र आर्थिक अन्योलको परिप्रेक्ष्यमा यी प्रश्नबारे चिन्तन जरुरी छ ।
ओलीको ‘सुखी र समृद्ध’ नेपालको नाराबारे हामीले दुइटा प्रश्न गर्नु जरुरी हुन्छ । यो ‘सुखी र समृद्ध’ नेपालमा को सुखी हुने र को समृद्ध हुने रु यो सुखी र समृद्धि कसका लागि रु निश्चय पनि उत्तर आउला— सबै नेपालीका लागि । तर प्रश्न छ— के सबै नेपाली सुखी र समृद्धिको मार्गमा छन् रु या, धेरैका नाममा थोरैले शोषण र अत्याचार गरिरहेछन् र देशलाई अराजकतातिर धकेलिरहेछन् रु कोभिड–१९ को विश्वव्यापी महामारीमा देखिएको राजनीतिक पाखण्ड र आर्थिक अन्योलको परिप्रेक्ष्यमा यी प्रश्नबारे चिन्तन जरुरी छ ।

 

मुलुकमा विक्रिती र विसंगति बढेको हो ?
जुनसुकै राज्यव्यवस्थामा पनि राज्यले जनताबाट उठाउने साधनस्रोतको सदुपयोगरदुरुपयोगको प्रश्न अहं हुन्छ । यस क्रममा राज्यको स्रोतको दुरुपयोग नहोस् भन्नका लागि आ–आफ्नै तरिकाले संरचनागत व्यवस्था गरिएको हुन्छ । मूलतः साधनस्रोत जम्मा र प्रयोग गर्ने जिम्मा पाएका कर्मचारीको क्रियाकलापमा विधिसम्मत नियन्त्रण र सन्तुलनको व्यवस्था राज्यव्यवस्थाको अभिन्न अंग हुन्छ । यो व्यवस्था जब राजनीतिक स्वार्थका लागि खेलबाड गर्ने ठाउँ बन्छ, त्यस बखत सुखी नेपालको कल्पना माफिया नेपालमा रूपान्तरित हुन धेरै समय लाग्दैन । बितेका दुई वर्षमा भएका घटनाक्रमले यो यथार्थलाई पुष्टि गर्दै आएका छन् । यस अवधिमा जनताले तिरेको करबाट राजनीतिका नाममा चालु हुने कार्यक्रममा सुनियोजित तरिकाले गरिने भ्रष्टाचाररलुटले ठूलो फड्को मारेको छ ।

सामान्यतया बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा राज्यको साधनस्रोतको दुरुपयोग कार्यकारीबाटै हुन्छ । खर्च गर्ने मुख्य एकाइहरू सरकारी मन्त्रालय नै हुन् । यसरी खर्च गर्दा जनताको रकममा भ्रष्टाचार गर्न ‘सेटिङ’ मिलाउने काम गरिन्छ । उदाहरणका लागि, हालै चर्चामा आएको सेक्युरिटी प्रेस खरिदमा सत्ताधारीहरू दसौं करोड मूल्य बढाएर लुट मच्चाउन तयार थिए । मन्त्रालय तहको प्रशासनिक या राजनीतिक तहमा हुने यो ठाडो लुटलाई रोक्न संसदीय समिति, अख्तियार, महालेखा परीक्षकको कार्यालय र अदालतजस्ता संवैधानिक एकाइ छन् । राज्यव्यवस्थाको सन्तुलन यस्ता एकाइको स्वतन्त्रता र नेतृत्वमा भर पर्छ ।

प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यस्ता एकाइलाई आफ्नो प्रभावमा राख्न लुटकेन्द्रित कार्यकारी अंग सफल हुँदै गयो भने देशमा जनताका नाममा अधिनायकवादमा आधारित माफियातन्त्रको निर्माण हुन थाल्छ । यसको एउटा ज्वलन्त दृष्टान्तका रूपमा वाइड बडी काण्डलाई लिऔं । वाइड बडी हवाइजहाज खरिदमा नेपालको कार्यकारी अंगले ५ अर्ब भ्रष्टाचार गर्‍यो भनी प्रतिवेदनमा उल्लेख छ । न्यारो बडी खरिदमा फ्रान्सको कम्पनीले कमिसन नेपालमा बुझाएको बयान दिएको छ । तर यसबारे सरकार मौन छ । यो मौनताले लुटलाई समर्थन गरेको छ, यसबारे छानबिन गर्न खडा गरिएका संवैधानिक निकायचाहिँ निष्क्रिय छन्, खरिदार र मुखियालाई पक्रेर बसेका छन् ।

 

औषधि खरिद काण्डमा मन्त्रीको संलग्नतामा करोडौंको लुट भयो । सरकार यसबारे पनि मौन छ । जनताले अब के बुझेका छन् भने, अनुसन्धान गर्ने अन्य संवैधानिक एकाइ निरीह र निष्क्रिय छन् । कार्यकारीको भ्रष्टाचारलाई कार्यकारीभित्र नियन्त्रण नहुने र भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक स्वतन्त्र एकाइहरू निष्क्रिय हुने स्थिति उत्पन्न हुनु भनेको राज्य बिस्तारै माफियातन्त्रको हातमा पुग्नु हो ।

अन्त्यमा ?

हालै मात्र कोरोना भाइरस नियन्त्रण गर्ने औषधि खरिद काण्डमा मन्त्रीको संलग्नतामा करोडौंको लुट भयो । सरकार यसबारे पनि मौन छ । जनताले अब के बुझेका छन् भने, अनुसन्धान गर्ने अन्य संवैधानिक एकाइ निरीह र निष्क्रिय छन् । कार्यकारीको भ्रष्टाचारलाई कार्यकारीभित्र नियन्त्रण नहुने र भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक स्वतन्त्र एकाइहरू निष्क्रिय हुने स्थिति उत्पन्न हुनु भनेको राज्य बिस्तारै माफियातन्त्रको हातमा पुग्नु हो । यसैकारण संवैधानिक अंगको नियुक्तिमा जसरी भए पनि आफ्नो पकेटको मान्छे नियुक्ति गराउन पाए अर्को पटक राज्यस्रोत लुट्न पाइने सुविधा एकातिर हुने र अर्कातिर तिनै अंगलाई प्रयोग गरी आफ्ना राजनीतिक विरोधीहरूलाई तर्साउन र कजाउन पाइने हुन्छ । प्रजातन्त्रका नाममा अधिनायकवादतर्फ उन्मुख माफियातन्त्र हो यो । यी दुई वर्षमा यस दिशामा ओली सरकारले राम्रै प्रगति गरेको छ ।

माफियातन्त्र–उन्मुख सरकारले आम जनताको हित गर्छ भन्नु सपना मात्र हो । यसमा निहित भ्रष्टाचारको भाइरसले सरकारको निर्णय प्रक्रियामा कोरोनाले मानव शरीरमा झैं हमला गर्छ । त्यसैकारण आर्थिक अनुशासन हराउँछ । सत्तासीनहरूको स्वार्थका ठूला खरिद योजनाले प्राथमिकता पाउन थालेपछि आम जनतामा पुग्ने र जनतामा भिजेर काम गर्नुपर्ने स्वास्थ्य, शिक्षा, कृषिजस्ता क्षेत्रको उपेक्षा सामान्य बन्छ । स्वभावतः बजेट रकम खर्च हुँदैन र खर्च भएको रकम पनि गरिबका घरआँगनमा पुग्दैन । हाम्रो देशमा बजेट पेस हुँदा ठूलो नारा चल्छ । ६ महिनामा बजेट संशोधन हुन्छ र त्यसपछि पनि विकास खर्च ८ महिनामा २५ प्रतिशत पनि हुँदैन । अनि असारे भेलमा विकास बजेटको ३३ प्रतिशत खर्च हुन्छ । यो परम्परालाई निरन्तरता दिनुबाटै स्थायी सरकारको लुटतन्त्र–उन्मुख चरित्र स्पष्ट हुन्छ ।

जब सरकारमा माफिया प्रवृत्ति बढ्छ, जनता र सञ्चारमाध्यमसँगको सम्बन्ध स्वतः तनावमा पर्छ । आफूलाई असुरक्षित महसुस गर्दै सरकार काल्पनिक दुस्मनलाई तह लगाउन राजनीतिक वैधानिकताको चरम दुरुपयोगको बाटामा लाग्छ । हालैको अध्यादेश प्रकरण पनि सत्ता असुरक्षाले सिर्जना गरेको त्रासको अभिव्यक्ति थियो । अन्यथा वर्तमान प्रधानमन्त्री स्वयंले संविधान निर्माण गर्दा देशमा प्रजातन्त्र र स्थिरताका लागि पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत सदस्य पक्षमा हुनुपर्छ भनी प्रभावकारी पैरवी गरेका थिए । त्यो कुरा बिर्सेर सत्तामा आएको दुई वर्षपछि अनुहार फेर्नु पाखण्डीपन हो, जनताको र आफ्नै दलभित्र बढ्दो आक्रोशबाट बच्न आत्मसुरक्षाको दयालाग्दो प्रयास हो ।

Share this news: