२०७७ जेठ १८ , आइतवार

मास्टर लक्ष्मण वहादुर ऐरको सकृयतामा नेपाललाई तेक्वान्दो खेलमा ऐतिहासिक पदक

खेलकुद

3

मास्टर लक्ष्मण वहादुर ऐरको सकृयतामा नेपाललाई तेक्वान्दो खेलमा ऐतिहासिक पदक

सुनाखरी न्युज/ काठमाडौं – नेपाललाई तेक्वान्दो खेलमा ऐतिहासिक पदक प्राप्त भएको छ । प्रथम पटक संचालन भएको “1st Online Daedo Open European Poomsae Championship, Germany (May 4-10, 2020)” र “2020 Online World Poomsae Championship, France (May 10-15, 2020)” अनलाईन प्रतियोगिताहरुमा सहभागी भई टिमका खेलाडीहरुले पदक प्राप्त गर्ने अवसर पाउदा आफैमा गर्बको विषय भएको मास्टर लक्ष्मण बहादुर ऐरले बताए । उनले भने ‘मैले देशको लागि केही गरेछु भन्ने अनुभूति भएको छ ।

 

२०२० विश्व अनलाईन पुम्से च्याम्पियनको ३० बर्ष मूनिको विधामा स्वर्ण पदक जितेका छन् । फ्रान्समा जारी च्याम्पियनसिपमा कमलले स्वर्ण पदक जितेका हुन् । गए राती नतिजा सार्वजनिक हुँदा सो विधामा जितबहादुर बोटेले रजत र प्रेमबहादुर लिम्बुले कास्य पदक जितेका छन् । प्रेमसँगै फ्रान्सका मोहम्मद गुड्रीले कास्य पदक जितेका थिए । कमलले ७.६७ अंकका साथ स्वर्ण पदक जितेका हुन् । जितबहादुरले ७.५४ र प्रेमले ७.५० अंक बटुलेका थिए । त्यस्तै महिला ३० वर्ष मूनिको विधामा पार्वती गुरुङले रजत पदक जितेकी छिन् । त्यसमा अमेरिकी खेलाडीले स्वर्ण पदक जितेकी थिइन् । अमेरिकी खेलाडीले ७.३२ अंक जोड्दा पार्वतीले भने ७.३ अंक बटुलेकी थिइन् । पार्वती १३ औं सागकी स्वर्ण पदक विजेता हुन् ।

ऐरले भने ‘पदक प्राप्त गरेपनि यसमा सहभागिताको प्रकृया एकदमै जटिल र झन्झटिलो थियो । भाग लिन पाउछौ वा पाउदैनौ दुविधा नै थियो । तेक्वान्दो संघ मार्फत प्रकृया अगाडी बढाए पनि विश्वभर लक डाउनका कारण खेलाडी दर्ता बाफत जर्मन र फ्रान्स बैंकमा १०/१० युरो जम्मा गर्न नेपाल तेक्वान्दो संघबाट सम्भव नभएपछि अलमल नै थियो । त्यतिमात्र नभएर यो खेल विसुद्ध टेक्नोलोजीसँग जोडिएको विषय बस्तु भएकोले पनि सामान्य तवरले यी दुई प्रतियोगिताहरुमा सहभागि हुन कठिन नै थियो । प्रतिश्पर्धाका लागि युरोपियन च्याम्पियनसिपमा एक जनाको ६ वटा भिडियो तीन वटा यू ट्यूव लिंकमा पठाउनु पर्ने थियो भने फ्रान्समा भई रहेको विश्व च्याम्पियनसिपका लागि २ वटा पुम्सेको भिडियो एउटा यू ट्यूव लिंकमा पठाउनु पर्ने थियो ।

 

यसका लागि हामी सवै खेलाडीहरु एकदमै भाग्यवानी भएको प्रशिक्षक ऐरले बताए । प्रशिक्षक ऐरले खेलाडीलाई जसरी नि दुबै प्रतियोगिताहरुमा समावेश गराएरै छोड्छु भन्ने दृढ प्रतिज्ञाका साथ काम अगाडी बढेको वताए । उहालाई पनि काम गर्ने क्रममा विविध बाधा अवरोध श्रृजना नभएका होईनन । यसका बाबजुद पनि उहाको कुशल नेतृत्व, व्यवस्थापन एवं टेक्नोलोजिको क्षेत्रमा पनि उहा उत्तिकै अव्वल भएका कारणले आज हामी नेपालको तर्फबाट यस्ता ऐतिहासिक प्रतियोगिताहरुमा भाग लिन पाउने पहिलो भाग्यवानी नेपाली खेलाडी हुन सावित भएका छौं भनी खेलाडीहरुले प्रतिकृया दिएका छन् । यति मात्र नभएर उनले हामी सवै खेलाडीहरुको उच्च मनोवल राख्नुका साथै स्वयं हामीहरु सँगसँगै दैनिक ४ घण्टाको कडा प्रशिक्षण गरी / गराई ५० बर्ष मुनीको उमेर समुहमा दुबै प्रतियोगिताहरुमा सहभागिताहरुमा भाग लिई तेक्वान्दो खेलको पुम्से बिधामा आफूलाई अव्वल सावित गर्ने प्रयास गरेका छन । आजभोलि पनि उनीआफ्नो टिमसँगै दैनिक ४ घण्टा नियमित प्रशिक्षणमा व्यस्त रही टिमका सहपाटीहरुलाई समेत मास्टर लेवलका पुम्सेहरु गर्दै आगामी दिनमा हुने प्रतियोगिताहरुलाई अझ शसक्त ढंगले अगाडी बढ्ने दृढताका साथ आफ्नो टिमलाई अगाडी लगि राखेका छन ।यी प्रतियोगिताहरुका दौरानमा ग्रान्ड मास्टर क्वान योङ दल पनि विच विचमा आई कमिकमजोरीहरु सुधार गरी दिनु भएको र नेपाल तेक्वान्दो सँघको तर्फबाट संघका सचिव एव ओलम्पियन दिपक बिष्टसँग समेत आवश्यक सल्लाहसुझाव लिएको प्रशिक्षक ऐरले जानकारी दिए।

युरोपियन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै कमल श्रेष्ठ, प्रेम बहादुर लिम्बु र जित बहादुर बोटे आफ्नो उमेर समुहको १०७ जना खेलाडीहरुमा क्रमश: २२, २४ र ३७ औं नम्वरमा पर्न सफल भए भने प्रेम बहादुर लिम्वु धेरै सेयर र लाईक हुने पपुलर खेलाडीको विधामा हाल दोस्रो स्थानमा छन, जसको नतिजा २० मे २०२० पछि सार्वजनिक हुने छ । त्यसै गरी कमल श्रेष्ठले “२०२० अनलाईन विश्व पुम्से च्याम्पियनसिप” को ३० बर्ष मूनिको विधामा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन भने सोही उमेर समुहमा पार्वती गुरुङ र जित बहादुर बोटे रजत तथा प्रेम बहादुर लिम्बु कास्य पदक प्राप्त गर्न सफल भएका छन। फ्रान्समा जारी च्याम्पियनसिपमा कमल र पार्वती यस अघि नेपालमा सम्पन्न भएको १३ औं सागका स्वर्ण पदक विजेता हुन भने जित र प्रेम कास्य पदकधारी खेलाडीहरु हुन। फ्रान्समा जारी प्रतियोगितामा ५० बर्ष मुनीको उमेर समुहको खेल मिति २०७७/०२/०१ गते (आज) हुदैछ ।जसमा प्रशिक्षक ऐर आफै सहभागी छन ।

 

वर्तमान परिवेशमा विश्वमा कोरोनाको भयावह रहेको अवस्थामा खेलाडीहरुले आफ्नै प्रयासले सहभागिता जनाई पदक समेत प्राप्त गरी नेपाल तेक्वान्दो संघको प्रतिष्ठालाई उचो वनाउनुको साथै विश्वका प्रसिद्ध देशहरु समेत सहभागिता रहेको यी खेलहरुमा नेपालको झण्डा फहराई प्रतिनिधित्व गरेकोमा सवै खेलाडीहरुको योगदान कदरयोग्य छ भन्ने कुरालाई नकार्न सकिन्न । जसका लागि उक्त टिमका प्रशिक्षक मास्टर लक्ष्मण बहादुर ऐरले गरेको भूमिका सह्रायनिय छ ।

Share this news: