२०७७ जेठ १८ , आइतवार

भारतीय अतिक्रमणविरोधी आन्दोलनमा विद्यार्थीलाई प्रहरीले दियो विद्युतीय झट्का

शिक्षा

भारतीय अतिक्रमणविरोधी आन्दोलनमा विद्यार्थीलाई प्रहरीले दियो विद्युतीय झट्का

 

सुनाखरी न्युज/ काठमाडौँ — भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर मण्डला क्षेत्रमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि नेपाल प्रहरीले ‘इलेक्ट्रिक सकर’ प्रयोग गरेको छ । सोमबार प्रदर्शनमा भाग लिएका विद्यार्थीले प्रहरीले आफूलाई विद्युतीय झट्का दिइएको बताएका छन् ।

प्रहरीले उक्त विद्युतीय झट्का दिने ‘इलेक्ट्रिक सकर’ एक दशक अघि दंगा नियन्त्रणको लागि प्रयोग गरेको थियो । २०६२–२०६३ को जनआन्दोलनमा सुरक्षाकर्मीले दंगा नियन्त्रणका लागि प्रयोग गरेको उक्त साधन प्रहरीले फेरि प्रयोग गरेको फेला परेको हो ।

दंगा हुँदा, कसैलाई नियन्त्रणमा लिनु पर्दा वा दंगा गर्नेलाई भगाउनु पर्दा उक्त इलेक्ट्रिक सकरको प्रयोग गरिने प्रहरीले जनाएको छ । तर, माइतीघरमा कुनै दंगा भएको थिएन । तैपनि, प्रहरीले सीमा सुरक्षाको मागमा आन्दोलन गर्नेलाई मा भेला भएका विद्यार्थीमाथि प्रहरीले यसको प्रयोग गरेको भेटियो ।

कीर्तिपुरमा अध्ययनरत बाराका रामनरेश यादवले सोमबार माइतीघरमा प्रहरीले नियन्त्रण लिने क्रममा विद्युतीय झट्का दिएको बताए । ‘प्रहरीले आफ्नो हातमा रहेको कालो रंगको एक बित्ता लामो डिभाइसले लुकाएर हात र खुट्टामा झट्का थिए,’ उनले भने, ‘मलाई सडकबाट नियन्त्रणमा लिएर गाडीमा हाल्ने क्रममा झड्का दिएका थिए । पहिलो झड्कामा म सडकमै लडेको थिएँ । त्यसपछिको झट्काले मलाई तीन–चार घन्टासम्म नै धेरै दुख्यो । अहिलेसम्म पनि दुखिरहेको छ ।’

उनले अतिक्रमित नेपाली भूमिबारे कुटनीतिक र उच्च राजनीतिक तहबाट भारतसित वार्ता गरेर समस्याको समाधान होस् भनेर सरकारलाई सहयोग गर्न माइतीघर गएर शान्तिपूर्ण आन्दोलन गर्दासमेत प्रहरीले दुर्व्यवहार गरेकोमा दुःख व्यक्त गरे ।

यादवजस्तै विद्युतीय झट्का पाउने अर्का विद्यार्थी हुन्, चावहिलका उपेन्द्र श्रेष्ठ । कीर्तिपुरमै राजनीतिशास्त्र पढिरहेका श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा उत्रदा माइतीघरमा प्रहरीले आफूलाई विद्युतीय झट्का दिएको बताए । ‘डिभाइस सानो हुँदो रहेछ । हातमा लुकाएर झट्का दिए,’ उनले भने कान्तिपुरमा खबर छ ।

Share this news: