२०७७ जेठ १६ , शुक्रवार

महिन्द्रा इलेक्ट्रिक कारको सेवा घरमै

अटो

महिन्द्रा इलेक्ट्रिक कारको सेवा घरमै

सुनाखरी न्युज/ काठमाडौं – महिन्द्रा इलेक्ट्रिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले वैशाख २३ गते मंगलबारदेखि २५ गते बिहीबारसम्म आफ्ना ग्राहकहरूका लागि घरमै सेवा प्रदान गरिरहेको छ ।

 

महिन्द्रा इलेक्ट्रिक कार वर्तमान विश्व स्वास्थ्य महामारीका समयमा अग्रपंक्तिमा रहेर खटिइरहनु भएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको रोजाइ समेतमा पर्दै आएको छ । यसबाट अग्रपंक्तिमा रही सेवामा खटिरहनु भएका व्यक्तित्वहरूको सेवामा थप मद्दत पुग्ने अग्नि ग्रुपले विश्वास व्यक्त गरेको छ ।

 

यो सेवा लिनका लागि निम्न नम्बरहरूमा सम्पर्क राख्न अनुरोध छः
रमेश श्रेष्ठ : ९८०११३६२०३
ईन्द्र कान्त झा : ९८०१९०९२३७
रविन श्रेष्ठ : ९८०१९०९२४

Share this news: