२०७७ जेठ १६ , शुक्रवार

जर्मनीमा हुन लागेको प्रथम खुल्ला अनलाईन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियसिपमा ५ नेपाली खेलाडीहरु प्रतिस्पर्धा गर्दै

खेलकुद

1

जर्मनीमा हुन लागेको प्रथम खुल्ला अनलाईन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियसिपमा ५ नेपाली खेलाडीहरु प्रतिस्पर्धा गर्दै

सुनिल पाठक/काठमाडौ – जर्मनिमा हुन लागेको “ प्रथम खुल्ला अनलाईन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियसिप” मा विभिन्न ७२ देशहरुका १२५४ जना खेलाडिहरुले प्रतिस्पर्धा गर्दै छन । वर्तमान COVID-19 का कारण विश्वभर लक डाउन रहेको परिवेशमा नेपालको प्रतिनिधित्व गरी उक्त प्रथम ऐतिहासिक अनलाइन प्रतियोगितामा ५ जना नेपाली खेलाडीहरुले सहभागिता हुने अवसर पाएका छन ।

जसमा ५० वर्ष मुनीको पुरुष तर्फको उमेर समुहमा विश्व तेक्वान्दो महासँघ दक्षिण कोरियाबाट ५ औ डान व्ल्याक वेल्ट प्राप्त मास्टर लक्ष्मण वहादुर ऐर समेत ३० बर्ष मुनीको महिलार पुरष उमेर समुहमा १३ औ सागका पदक विजेता खेलाडीहरु कमल श्रेष्ठ्, जित बाहदुर बोटे, प्रेम बाहादुर लिम्बु र पार्वती गुरुङ्ले अनलाइनबाटै प्रतिस्पर्धा गर्दै छन । नेपाली खेलाडीहरुले सहभागिता जनाएको उमेर समुह ५० वर्ष मुनी पुरुष तर्फको उमेर समुहमा ६२ जना, ३० मुनिको पुरुष उमेर समुहमा १०७ जना र ३० वर्ष मुनिको महिला समुहमा ११२ जना सहभागी छन।

 

यस्तो विषम परिस्थितिमा पनि नेपालको प्रतिनिधित्व गरी उक्त च्याम्पियनसिपमा सहभागी सम्पूर्ण खेलाडीहरुलाई हार्दिक वधाई तथा शुभकामना ।

 

उक्त प्रतियोगितामा प्रतिस्पर्धा का लागि तयार पारिएको मास्टर लक्ष्मण वाहादुर ऐर को भिडियो ।

उक्त प्रतियोगितामा प्रतिस्पर्धा का लागि तयार पारिएको मास्टर लक्ष्मण वाहादुर ऐर को भिडियो ।

उक्त प्रतियोगितामा प्रतिस्पर्धा का लागि तयार पारिएको मास्टर लक्ष्मण वाहादुर ऐर को भिडियो ।

 

 

Share this news: