२०७६ फाल्गुन १७ , शनिवार

हिरासतमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका अभियुक्तको मृत्यु

sucide

हिरासतमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका अभियुक्तको मृत्यु

सुनाखरी न्युज / काठमाडौं – लागूऔषध मुद्दामा हिरासतमा रहेका झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका अभियुक्तको मृत्यु भएको छ ।

बानेश्वरका प्रहरी प्रमुखका अनुसार राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए।

सिभिलबाट भेनस अस्पताल लगेका थियौं । यद्यपि, बचाउन सकिएन । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ ।

उनी बानेश्वर, शंखमूललगायतका क्षेत्रमा चोरी गरेर पटकपटक पक्राउ परेका व्यक्ति हुन् । प्रहरी रेकर्डमा राउत तीन पटक धरौटीमा छुटेको देखिने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Share this news: