२०७६ फाल्गुन १७ , शनिवार

सडकमा कुहिरो लागेका कारण ट्रकहरु आपसमा ठोक्किँदा ३ को मृत्यु, २ गम्भीर घाइते

acident

सडकमा कुहिरो लागेका कारण ट्रकहरु आपसमा ठोक्किँदा ३ को मृत्यु, २ गम्भीर घाइते

सुनाखरी न्युज / सडकमा कुहिरो लागेका कारण ती ट्रकहरु आपसमा ठोक्किएका थिए । बुटवल र रुपन्देहीमा आज भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भने २ जना गम्भीर घाइते भएका छन् । ट्रकमा १३ जना सवार थिए । घाइतेहरुलाई उपचारका लागि भैरहवामा रहेको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ ।

दुर्घटनामा मृत्यु नवलपरासीको पालीनन्दन गाउँपालिका अन्दाजी ३० बर्षिय लालु कुर्मि, सोही ठाउँमा अन्दाजी ३० बर्षका मोभीकन कुर्मी र सुनसरीको चतेराबस्ने अन्दाजी ३५ बर्षिय पुर्ण बहादुर भुजेल रहेका छन् ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको टाफ्रिक प्रहरी कार्यालय बुटवल एस पी बताए ।

Share this news: