२०७६ फाल्गुन १७ , शनिवार

संगीतकर्मी संघ तनहुँको नयाँ समिति गठन

संगीतकर्मी संघ तनहुँको नयाँ समिति गठन

सुनाखरी न्युज /
काठमाडौं –

राष्ट्रिय संगीतकर्मी संघ तनहुँको नयाँ समिति गठन भएको छ । नेपाल पत्रकार महासंघको भवन दमौलीमा भएको प्रथम भेलाले समिति सर्वसमत चयन गरिएको हो । तनहुँ जिल्ला भरि छरिएर रहेका क्रियसिल गित संगित क्षेत्रमा आवद्ध कलाकारहरुलाई समेटिने गरि सो समिति गठन गरिएकोे थियो । विनोद कुमार वि.क.को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माननीय सांसद भगवती न्यौपाने रहनु भएको थियो ।

 

 

न्यौपानेले नेतृत्वलाई कलाकारको सम्मान गर्दै कुशल कार्य सम्पादन गर्ने प्रेरित गर्दै नयाँ समितिलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय प्रथम उपाध्यक्ष प्रकाश कटुवाल, राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश ईन्चार्ज विनोद ढकाल, राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष यज्ञ सापकोटा लगाएतको उपस्थितिमा सम्पन्न कार्यक्रममा अध्यक्ष सहित १२ सदस्यीय कार्यसमिति गठन गरिएको नवनिर्वाचित सचिव आशिष सुनार ले जानकारी गराए ।

 

 

तिन उपाध्यक्षहरुमा रामु सुनार, कोमान सिं राना र यमुना अछामी सर्वसमत ले चयन भएका थिए । त्यस्तै सचिवमा आशिष सुनार, सह–सचिवमा देव गजमेर, कोषाध्यक्षमा शुसीला नेपाली र सह–कोषाध्यक्षमा साजना सुनार चयन भएका छन् । यस्तै गरी सदस्यहरुमा तारा बहादुर थापा , सन्दिप सुनार, सान्तोष विक र रिता अधिकारी रहेका छन् । यज्ञ सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शालिकराम विश्वकर्माले गर्नु भएको थियो । 

Share this news: