२०७६ फाल्गुन १७ , शनिवार

८ जना भारतीय पर्यटकहरुको निधनबाट होटल संघ नेपालको गहिरो दुःख व्यक्त

८ जना भारतीय पर्यटकहरुको निधनबाट होटल संघ नेपालको गहिरो दुःख व्यक्त

सुनाखरी न्युज /
काठमाडौं –
मकवानपुर जिल्लाको थाहा नगरपालिका ४, सिमभञ्ज्याङ, दामनमा अवस्थित यस होटल संघ नेपालको सक्रिय सदस्य एभरेष्ट पानोरमा रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटकहरुको २०७६ साल माघ ७ गते कोठामा सुतिरहेकै अवस्था भएको दुःखद निधनबाट यस होटल संघ नेपाल गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छ ।

 

 

हालै २०७६÷९÷७ को राजपत्रमा प्रकाशित पाँच तारे डिलक्स होटलदेखि होमस्टेहरुको वर्गिकरण र मापदण्ड निर्धारणको पूर्ण रुपमा परिपालना गरी सदस्य होटलहरुलाई पाहुनाहरुको सुरक्षा सम्बन्धी सम्पूर्ण संयन्त्रहरु अपनाउनु हुनका लागि यसै विज्ञप्ति मार्फत होटल संघ नेपाल हार्दिक अपिल गर्दछ ।

Share this news: