२०७६ फाल्गुन १७ , शनिवार

उखु किसानको माग स्थायी समाधान खोज्न सरकारसँग आग्रह

kisan_Andolan

उखु किसानको माग स्थायी समाधान खोज्न सरकारसँग आग्रह

सुनाखरी न्युज/
काठमाडौं –
विगत दुइ हप्ता देखि आन्दोलनरत उखु किसानका उचित माग पूरा गर्न फोर एच नेपालले नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ । आज एक वक्तव्यजारी गर्दैफोर एच नेपालले भनेको छ , उखु किसानले उठाएकामाग र उनीहरुसँग भएका सम्पूर्ण सम्झौता अनुसारको सम्पूर्ण रकम एकमुष्ट उपलब्ध गराउन अपील समेत गरेको छ ।

 

फोर एच नेपालद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, चिसोको कारण आन्दोलनरत किसानको स्वास्थ्यमा असर परेकाले उचित समाधान गर्न किसानसँग लिखित सहमति गर्नु जोडदार माग गरेको छ । साथै, नेपाल सरकार तथा सरोकारवाला सँग उखु किसानलाई २०७० साल देखिको तिर्न बाँकी चिनी उद्योगी तथा मिलबाट तत्काल एकमुष्ट उपलब्ध  गराउनु भनिएको छ । नेपाल सरकारले उद्योगी तथा मिल मालिक मार्फत किसानलाई उपलब्ध गराउन दिएको गतवर्षको अनुदान रकम १ अर्ब २८ करोड रुपयाँ अहिले सम्म पनि किसान नपाएको भन्दै तत्काल ब्याज सहित उखु किसानलाई उपलब्ध गराउनु सरकारसँग मागगरिएको छ ।

 

 

यो वर्ष किसानलाई दिइने अनुदानसिधै किसानलाई उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने भन्दै फोर एच नेपालले सरकारको ध्यानाकर्षण समेत गरेको छ । फोर एचनेपालका केन्द्रीय अध्यक्ष लोक राज अवस्थीद्वारा हस्ताक्षरित वक्तव्यमा, उखु किसानको माग अनुसार मूल्य निर्धारण गरिनु पर्ने, किसानको ब्याज मिनाह गरिनु पर्ने, सस्तोदरमा ऋण उलब्ध गराउनु पर्ने लगायतका समस्या समाधान गर्न सरकारसँग माग गरिएको छ । उखु किसान आन्दोलन पछि सरकारको पहलमा उखु किसानका माग सम्बोधन गर्न उद्योगी तथा व्यवसायीसँग सम्झौता भएको भनिए पनि कुनै ठोस सहमति तथा सम्झौता भएको छैन् । किसानले आन्दोलन जारी राखेका छन र, आफूहरुसँग लिखित सहमति नभए सम्म आन्दोलन नरोक्ने चेतावनी समेत दिएकाछन् ।

Share this news: