२०७६ फाल्गुन १७ , शनिवार

भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा नेतृत्व खोज्दै पर्यटन बोर्ड

Tourism Board

भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा नेतृत्व खोज्दै पर्यटन बोर्ड

सुनाखरी न्युज/ काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्डले नयाँ नेतृत्व खोजेको छ । हाल बाहलवाला बोर्ड प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकराज जोशीको कार्यकाल सकिनै लाग्दा बोर्डले नयाँ नेतृत्व खोजेको हो । जोशीको कार्यकाल यही डिसेम्बर ७ तारिखमा सकिँदै छ । बोर्डले बुधबार सूचना प्रकाशित गर्दै नयाँ सीईओको दर्खास्त आह्वान गरेको थियो । यो सँगै पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि निजी तथा सरहकारी क्षेत्रबाट आवेदन खुला भएको छ । दर्खास्त सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दिइसक्ने भनिएको छ ।

 

सरकारी–निजी साझेदारी बोर्डको नेतृत्वका लागि पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अभुनव भएका जोकोहीले आवेदन दिनसक्ने बताइएको छ । बोर्डको सीईओ हुनका लागि कुनै पनि विषयमा स्नातकोत्तर उत्तीर्ण भएको र कुनै पनि आपराधिक वा फौजदारी अभियोग समेत नलागेको व्यक्ति हुनुपर्ने प्रावधानमा उल्लेख छ । बोर्डले सीईओ छनोटका लागि तीन सदस्यीय छनोट समितिसमेत गठन गरेको छ । मन्त्रालयका सचिव घनश्याम उपाध्यायको नेतृत्वमा निजी क्षेत्रबाट विष्णुबहादुर महरा र विप्लव पौडेल छनोट समितिमा छन् ।

 

पर्यटन बर्ष २०२० लाई सफल बनाउन पर्यटनमन्त्रीको राजदुतहरुलाई आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोगका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गर्नुभएको छ । मन्त्री भट्टराईले राजदुत र बैदशिक साझेदार संस्था प्रमुखहरु लाई मन्त्रालयमै आमन्त्रण गरेर भन्नुभयो, ‘यो कार्यक्रम बाहिर होटल अथवा कुनै स्थानमा गर्न सकिन्थ्यो तर मन्त्रालयमै गर्दा सरकार—सरकार बीचको सम्बन्धलाई जोड्ने विश्वासको साथ मन्त्रालयमै गरिएको हो ।

 

भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण हुन भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरी सुचना तथा सन्देश प्रवाहका लागि अनुरोध गर्नुभयो । ‘नेपाल भ्रमण वर्ष–२०२० को बिषयमा यहाँहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु । मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरीदिनुहोस् ।

Share this news: