२०७९ आश्विन १९ , बुधवार

वीर अस्पताल अगाडि निर्मित अनधिकृत संरचनामा महानगरको डोजर

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि डोजर चलाएको छ । अस्पताल अगाडि अनधिकृत रुपमा निर्माण गरिएका टहरामा बिहीबार महानगरले डोजर चलाएको हो ।

 

नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले अस्पताल अगाडि बनाइएका संरचना हटाइरहेको छ । महानगरपालिकाले अवैधानिक रुपमा ती संरचना निर्माण गरिएको भन्दै हटाएको हो ।

अनधिकृत संरचनाको पहिचान महानगरमा आउने सूचना, जनप्रतिनिधिबाट प्राप्त जानकारी, नगर प्रहरीको सूचना, आउने उजुरीहरूको आधारमा गर्ने गरिएको छ । ती संरचनाको वस्तुस्थिति बुझ्न र त्यसलाई भेरिफाई गरेपछि नगर प्रहरीले माइकिङ गर्ने गरेको छ ।
अनधिकृत संरचना भत्काउनुअघि महानगरले एकपटक सूचना दिने गरेको छ ।