२०८१ बैशाख ६ , बिहिवार

फिल्म प्रचारका लागि नेपाल आइन् भुटानी अभिनेत्री उगेन

सुनाखरी न्युज /काठमाडौं  – असोज २१ गतेबाट दीपेन्द्र लामाको लेखन एवंं निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीसँगै भुटानी नायिका उगेन छोदेनको मुख्य भुमिका छ ।आफू अभिनित फिल्मको प्रमोशनका लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन्।

 

फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन बिहीबार बिहान नेपाल आएकी हुन्। फिल्मको प्रमोशनका लागि भुटानी अभिनेत्री उगेन नेपाल आइसकेकी छन् । फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन बिहीवार बिहान नेपाल आइपुगेकी हुन् । फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन । तर, अब नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।

यो फिल्ममा उगेनको जोडीको रूपमा अभिनेता दयाहाङ राईले काम गरेका छन् । यस्तै, नायिका उपासना सिंहको जोडीको रूपमा अर्का अभिनेता सौगात मल्ललाई देख्न सकिन्छ । ‘२ नम्बरी’को टिजर हिट भइसकेको छ । २ साथीको मित्रताको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ ।