२०८० चैत्र ६ , मंगलबार

दुबईमा नेपाली युवकले जिते ३५ करोडको चिठ्ठा

सुनाखरी न्युज / काठमाडौँ नेपालका एक युवकले दुबईमा झण्डै ३५ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । दुबईमा कार सफा गर्ने काम गर्दै आएका ३१ वर्षीय भरत बिश्वकर्माले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् । संयुक्त अरब इमिरेट्स युएईमा काम गर्ने एक नेपाली युवाले ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन्।

 

केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन्। उनले एक करोड दिराम अर्थात् ३५ करोडभन्दा धेरै नेपाली रुपैयाँको चिठ्ठा जितेको गल्फ न्यूजले जनाएको छ।र एक्कासी उनको भाग्य खुल्यो र झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जिते । टिभीमा लाइभ हेरिरहेका उनले एक्कासी थाहाँ पाउँदा खुसीले गदगद भए । उनले भने ‘शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

 

चिठ्ठा जित्नुअघिसम्म उनको दुबईमा बैंक खाता समेत नभएको बताइएको छ । उनले आफूले जितेको यो पैसाले आफ्नो ऋण तिर्ने र ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि खर्च गर्ने बताए ।यो रकम भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्थाका लागि खर्च गर्ने जनाएका छन्।