२०८१ बैशाख ८ , शनिवार

बढ्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।